४ बैशाख २०८२, बिहीबार
April 17, 2025 Thursday
तपाईं के खोज्दै हुनुहुन्छ ?

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित



अ+ अ-

काठमाडौं । गणपुरक संख्या नपुगेपछि बिहिबारको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठको तर्फबाट सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० प्रस्तुत गर्दै गर्दा एमाले सचेतक महेश बर्तौलाले संसदमा गणपूरक सङ्ख्या यकिन गर्न माग गरेका थिए ।

त्यसपछि सभामुख देवराज घिमिरेले नेपालको संविधानको धारा ९४ बमोजिम कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेश गर्न प्रतिनिधि सभाको १ चौथाइ सदस्य उपस्थित हुनुपर्ने बताउँदै सङ्ख्या यकिन गर्न निर्देशन दिएका थिए । एक चौथाइ ६९ सांसद आवश्यक भएकोमा ६५ जना मात्रै उपस्थित रहेपछि बैठक स्थगित गरिएको हो ।

अर्को बैठक शुक्रबार बिहान ११ बजे बोलाइएको छ ।