१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब स्मार्टफोनमै ‘फोरके’ भिडियो हेर्न सकिने



अ+ अ-

काठमाडौं । अब युट्युब प्रयोगकर्ताले स्मार्टफोनमा फोरके भिडियो हेर्न पाउने भएका छन् । स्मार्टफोन डिभाइसका लागि सर्भर साइड अपडेट गरेर फोरके हेर्न मिल्ने सुविधा दिन लागिएको हो ।

युट्युबको नयाँ फिचरमा 4k (फोरके) भिडियो हेर्न मिल्ने सुविधा थप गरिएको छ । विभिन्न रिपोर्टका अनुसार अब 4k (फोरके) सपोर्ट नगर्ने डिभाइसमा पनि ६० फ्रेम प्रतिसेकेन्ड एचडीआर सहितको 4k (फोरके) भिडियो हेर्न सकिनेछ ।

आजसम्म मोबाइल प्रयोगकर्ताले फुल एचडीमा १०८० पी मा मात्र भिडियो हेर्न पाएका थिए । अहिलेसम्म बजारमा आएका अधिंकाश स्मार्टफोनमा फूल एचडीको भिडियो हेर्ने सुविधा छ ।

युट्युबको वेब भर्सनमा भने फोरके भिडियो हेर्ने सुविधा पहिलेदेखि नै दिइएको छ । 4k (फोरके) भिडियो प्ले गर्नका लागि स्तरीय मोबाइल र राम्रो इन्टरनेटको भने आवश्यकता पर्नेछ ।