२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाको चेतावनी: हाम्रो आन्दोलन व्यवस्था परिवर्तनको हो, ख्यालठट्टा नसोच्नुस्



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपनेता बुद्धिमान तामाङले पार्टीले बुधवारबाट शुरु गर्ने देशव्यापी आन्दोलन व्यवस्था परिवर्तनको आन्दोलन भएको बताउनुभएको छ ।

मंंगलवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राप्रपाको आन्दोलन व्यवस्था र अवस्था परिवर्तनको आन्दोलन भएकाले यसलाई ख्यालठट्टा नठान्न आग्रह गर्नुभयो । उहाँले अन्य बेलाको जस्तो सरकार र सत्ता परिवर्तनक, मंहगी नियन्त्रण जस्तो आन्दोलन नभएको बताउनु भयो । उहाँले पार्टीको आन्दोलन शान्तिपूर्ण र भद्र आन्दोलन भएकाले सबैले सोहीअनुसार आफ्ना कार्यक्रम अघि बढाउन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो आन्दोलन सामान्य ख्याल ठट्टाको आन्दोलन होइन । यो सरकार परिवर्तन गर्ने, महंगीको बिरोध गर्ने, केके बिरोध गर्ने होइन । हामीले व्यवस्था र अवस्था परिवर्तन गर्ने आन्दोलन हो । सबैले यसमा सोचेर अघि बढ्नुपर्छ । यो आन्दोलन शान्तिपूर्ण आन्दोलन हो । हामी भद्र आन्दोलन गर्ने हो ।’

पर्टीका सांसद धवल समशेर जबराले राज्य पूर्णरुपले असफल भइसकेकाले व्यवस्था परिवर्तनको आन्दोलन शुरु गर्न लागेको बताउनु भयो । उहाँले व्यवस्था र व्यवस्था चलाउने पात्रहरुलाई परिवर्तन गर्नको लागि आन्दोलन गरेकाले सोहीअनुसार आन्दोलनका कार्यक्रम अघि बढाउन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यस्तो बेलामा अहिले हामीले आन्दोलन गरेनौँ भने कहिले गर्ने आन्दोलन आन्दोलन अहिले सफल भएन भने कहिले होला सफल । राज्य पूर्णरुपले असफल भइसक्यो । यो राज्य चलाउने, यो व्यवस्था र व्यवस्था चलाउने पात्रहरुलाई परिवर्तन गर्नको लागि यो आन्दोलन हो । यो आन्दोलन हाम्रा लक्ष्य पाएपछि मात्रै रोकिन्छ । हाम्रो विचारधारामा मिल्ने पार्टी, समूह, अभियन्ता सबैलाई समेटेर अघि बढाउनेछौँ ।’

सांसद जबराले आन्दोलन आफूहरुका लक्ष्य प्राप्ति भएपछि मात्रै रोकिने दाबी गर्नुभयो । उहाँले पार्टीसँग विचारधारा मिल्ने पार्टी, समूह, अभियन्तालाई समेटेर आन्दोलन अघि बढाउने बताउनु भयो । —न्युज एजेन्सी नेपाल