२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्फाका महासचिव राईमाथि घुस लिएको आरोप, अख्तियारमा उजुरी दर्ता



अ+ अ-

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । राईले भ्रष्टाचार गरेको भन्दै अख्तियारमा शुक्रबार सरिता परियारको नामबाट उजुरी दर्ता भएको हो ।

महासचिव राईले विभिन्न समयमा लिएको रकम जोड्न आउँदा २५ लाख रुपैयाँ पुग्ने आरोप लगाइएको छ । उजुरीमा केटिएम सिटीका सीईओ निमा शेर्पा र त्यही कम्पनीका प्रतिनिधि राजु सिंहबीच भएको ह्वाट्सएप च्याटका अनुसार सीईओ शेर्पासँग राईले रकम बुझेको दाबी गरिएको छ ।

महासचिव राईले २३ जुन, २०२३ मा दरबारमार्ग पुरानो घरबाट दिनको २ः२० बजे ५ लाख रुपैयाँ लिएको दाबी गरिएको छ ।

उजुरी पत्रमा भनिएको छ, ‘अखिल नेपाल फुटबल संघ एन्फा र शेर्पा आउट डुअर स्पोर्टस् गुड्स इण्डष्ट्रिज (केटिएम सिटी)बीच एन्फालाई आवश्यक पर्ने खेल सामाग्री आपूर्ति सम्झौता गरिएको थियो । संघका महासचिव किरण राईले पदको दुरुपयोग गरि बक्यौता रकम देऊभन्दा पटक–पटक बार्गेनिङ्ग गर्दै रकम लिने गरेको र रकम दिएमा अबको कन्ट्रयाक पनि तपाईंको कम्पनीलाई नै दिन्छु भनेर केटिएम सिटीबाट रकम बुझिलिने गरेको जानकारी गराइएको छ ।’