१९ मंसिर २०८२, शुक्रबार
,
Latest
हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ? विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्फाका महासचिव राईमाथि घुस लिएको आरोप, अख्तियारमा उजुरी दर्ता



अ+ अ-

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । राईले भ्रष्टाचार गरेको भन्दै अख्तियारमा शुक्रबार सरिता परियारको नामबाट उजुरी दर्ता भएको हो ।

महासचिव राईले विभिन्न समयमा लिएको रकम जोड्न आउँदा २५ लाख रुपैयाँ पुग्ने आरोप लगाइएको छ । उजुरीमा केटिएम सिटीका सीईओ निमा शेर्पा र त्यही कम्पनीका प्रतिनिधि राजु सिंहबीच भएको ह्वाट्सएप च्याटका अनुसार सीईओ शेर्पासँग राईले रकम बुझेको दाबी गरिएको छ ।

महासचिव राईले २३ जुन, २०२३ मा दरबारमार्ग पुरानो घरबाट दिनको २ः२० बजे ५ लाख रुपैयाँ लिएको दाबी गरिएको छ ।

उजुरी पत्रमा भनिएको छ, ‘अखिल नेपाल फुटबल संघ एन्फा र शेर्पा आउट डुअर स्पोर्टस् गुड्स इण्डष्ट्रिज (केटिएम सिटी)बीच एन्फालाई आवश्यक पर्ने खेल सामाग्री आपूर्ति सम्झौता गरिएको थियो । संघका महासचिव किरण राईले पदको दुरुपयोग गरि बक्यौता रकम देऊभन्दा पटक–पटक बार्गेनिङ्ग गर्दै रकम लिने गरेको र रकम दिएमा अबको कन्ट्रयाक पनि तपाईंको कम्पनीलाई नै दिन्छु भनेर केटिएम सिटीबाट रकम बुझिलिने गरेको जानकारी गराइएको छ ।’