२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाभियानको सहसंयोजकमा कँडेल र ढकाल चयन



अ+ अ-

काठमाडाैं । नेपाली कांग्रेस सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाभियान केन्द्रीय समन्वय समितिको सहसंयोजकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल र नेता लोकेश ढकाल चयन भएका छन् । यसैगरी भानुभक्त ढकाललाई कोषाध्यक्ष चयन गरिएको छ ।

महाअभियानको संयोजक नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद शंकर भण्डारीको अध्यक्षतामा बसेको बैठकले सल्लाहकार परिषद्को संयोजकको जिम्मेवारी नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य लक्ष्मणप्रसाद घिमिरेलाई दिएको छ ।

यसैगरी बैठकले नेपाली कांग्रेसको आसन्न महासमिति बैठक अघि फागुन ५ गते काठमाडौंमा महासमितिमा उठाउन गर्ने प्रमुख एजेन्डासहितको महाअभियानको घोषणापत्र जारी गर्ने तय गरेको छ ।