२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाहिर कुरा मिलाए अदालमा पुगेपछि सेटिङ भत्किएर हिरासतमा पुगे पौडेल दाजुभाई



अ+ अ-

काठमाडौं । गत माघ १० गते नेपाल टेलिकमका पूर्वप्रवन्ध निर्देशक सुनिल पौडेल र पूर्वकार्यकारी निर्देशक विकल पौडेल पक्राउ परे । गैरकानूनी सम्पत्तिआर्जनको अनुसन्धानको सिलसिलामा उनीहरुलाई बयानको लागि बोलाईएको थियो ।

बयानको लागि उपस्थित नभएपछि उनीहरुलाई अख्तियारले पक्राउ गरेको हो । पक्राउको सुईको पाए लगत्तै पौडेलद्वयले हिरासतमा बस्नु नपरोस् भन्नका लागि अदालत समेत एक खालको वाताबरण मिलाएका थिए । सोही अनुसार विशेष अदालतमा बहस गराए । तर विकलको हकमा सम्पत्ति शुद्धिकरणले चलाएको मुद्दामा फरार देखिँदा पाउनै लागेको सुविधा पनि पाएनन् । र, हिरासतमै पठाइए ।

यदि उनले पहिल्यै सम्पत्ति शुद्धिकरणमा फरार सूची परेका कारण उनको पछिल्लो प्रयास असफल भयो । बिकलको कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरसँग र सुनिलको पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठका छोरा अभिषेकसंगै राम्रो हिमचिम थियो ।अभिषेक निदान अस्पतालका संञ्चालक समेत हुन् । उनले संञ्चालन गरेको अस्पतालले घरभाडा नतिरेपछि घरधनीद्वारा अस्पताललाई खाली गर्न ताकेता समेत गरिरहेको छ ।

यो पनि पढ्नुहोस –घरभाडा नतिरेपछि घरधनीद्वारा पुल्चोकको निदान अस्पताललाई खाली गर्न ताकेता

यसअघि दुवै जनामाथि गैरकानूनी सम्पत्तिआर्जनको उजुरीमा भ्रष्टाचारमुद्दा दायर भएको थियो। २०८० असोज १५ मा अख्तियारले सुनिल पौडेलसहितका व्यक्तिविरुद्ध २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा भ्रष्टचार मुद्दा दायर गरेको थियो ।

त्यस्तै, २०८० वैशाखमा विकल पौडेलसहितका व्यक्तिविरुद्ध करिब ७० करोड रुपैंया मागदाबीसहित अख्तियारले दायर गरेको थियो । सूचनाप्रविधिको क्षेत्रमा एकाधिकार भएका मानिने विकल पौडेल, सुनिल पौडेल लगायतले विभिन्न राजनीतिक नियुक्ति लिई तीन निकायबाट ठूलो मात्रामा सफ्टवेयर र हार्डवेयर खरिदको काममा संलग्न भएको भन्दै दर्जनौं उजुरी समेत परेको थियो ।