९ भाद्र २०८३, मंगलवार
,
Latest
राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरभाडा नतिरेपछि घरधनीद्वारा पुल्चोकको निदान अस्पताललाई खाली गर्न ताकेता



अ+ अ-

काठमाडौँ । पुल्चोकस्थित निदान अस्पतालले ३५ दिनभित्र घर खाली गर्नुपर्ने भएको छ । सम्झौताअनुसार घरधनीलाई घरभाडा नबुझाएपछि अस्पतालले घर खाली गर्नुपर्ने भएको हो ।

घरधनी मीना श्रेष्ठले जारी गर्नुभएको विज्ञप्तिअनुसार निदान अस्पतालले २०७९ फागुनदेखि २०८० कात्तिकसम्म ५५ लाख ५१ हजार रुपैयाँ घरभाडा बुझाएको छैन । दुई रोपनी ११ आनामा बनेको घर र खाली जग्गा भाडामा लिन निदानले मीनाका पिता इन्द्रमान जोशीसँग २०७४ मंसिर १ गते घरबहाल सम्झौता गरेको थियो ।

जोशीको निधन भएपछि उक्त सम्पत्ति छोरी मीनाको नाममा नामसारी भएको छ । मीनाका अनुसार अस्पतालले पटक पटक सम्झौता उल्लघंन गर्दै घरभाडा बुझाएको छैन । श्रेष्ठले भन्नुभयो पटक पटक ताकेता गर्दा पनि सुनुवाई भएन , प्रहरीको उजुरी गर्दा पनि उजुरी लिन मान्दैन । अस्पताल संञ्चालकहरु सम्पर्कमा आउन चाहादैन् ।

मीनाले विज्ञप्तिमा भन्नुभएको छ, “अब उप्रान्त भाडामा दिने नदिने भन्ने विषय मेरो निजी हक अधिकारको विषय भएकाले बक्यौता रकम तथा सोको कानूनबमोजिमको ब्याज तथा मनासिव क्षतिपूर्ति उपलब्ध गराई ३५ दिनभित्र घरजग्गा खाली गराइदिन र घरबहाल सम्झौता पत्रसमेत रद्द भएको व्यहोरा २०८० कात्तिक २० गते हस्पिटलको तथा संचालकहरुको आधिकारिक इमेलमा पठाइएको छ ।”

पत्र अस्पतालामा बुझाउन जाँदा बुझ्न अस्वीकार गरेपछि हुलाकमार्फत पठाउँदा समेत अटेरी गरिएको मीनाले आरोप लगाउनुभएको छ । उहाँले इमेलमार्फत दिइएको ३५ दिने सूचना यही मंसिर २४ गते सकिएको छ । तर मीनाले मंसिर १२ गतेदेखि थप ३५ दिनको समय उपलब्ध गराएको र उक्त समयभित्र भाडा, रकम, ब्याज र क्षतिपूर्तिसमेत उपलब्ध गराउन आग्रह गर्नुभएको छ ।

अस्पतालमा कार्यरत वरिष्ठ डा आइएल आचार्यको २०७८ जेठ २ गते निमोनियाले निधन भएपछि अस्पतालको व्यापार र विश्वास ओरालो लाग्न थालेको बतान्छ । तर अस्पतालको वेब साइटमा अझै पनि डा आचार्यको नाम उल्लेख छ ।

उक्त अस्पतालमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको पारिवारिक लगानी रहेको बताइन्छ । वडा कार्यालयले समयमै घर खाली गरिदिन अस्पताललाई आग्रह गरेको बताइएको छ ।