१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग

हाई–प्रोफाइल सहकारी ठगलाई सरकारले छानविनको दायरामा समेत ल्याउन सकेन: महेश बस्नेत

हाई–प्रोफाइल सहकारी ठगलाई सरकारले छानविनको दायरामा समेत ल्याउन सकेन: महेश बस्नेत
अ अ+ अ-

काठमाडौं । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले वर्तमान सरकारले हाई–प्रोफाइलका सहकारी ठगलाई छानविनको दायरामा समेत ल्याउन नसकेको बताएका छन् ।

आज (आइतबार) रिपोर्टर्स क्लब नेपालले समसामयिक विषयमा प्रतिक्रिया लिनका लागि राखेको अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेतर्फ लक्षित गरी सरकारले हाई प्रोफाइललाई कारबाही गर्नै नसक्ने बताएका हुन् । ‘हाई प्रोफाइलका सहकारी ठगहरु अनेक नौंटंकी र बहानाबाजी गरेर हिँडिरहेका छन् । हाई प्रोफाइलका सहकारी ठगहरुलाई सरकारले कारबाही गर्ने त परै जाओस्, छानविनको दायरामा पनि ल्याउन सकेको छैन,’– उनले भने ।

रास्वपा सभापति रवि लामिछानेले कम्पनी रजिष्टार्ड कार्यालयमा बैंक स्टेटमेन्ट देखाएर गुडविल शेयरमार्फतको पैसा नगद लिएको देखिएको उनको दाबी छ । यसबाट ठगीमात्रै नभएर किर्ते र जालसाझीको मुद्दासमेत प्रभावित हुने उनले बताए । ‘म चाहीँ बाठो छु, भएभरका सबै लाटा छन्’ भनेर रविले अभिव्यक्ति दिइरहेको उनले बताए । भिडिओ बनाएर आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनी र रवि लामिछानेका ड्राइभर शम्भु थापाको मृत्युको छानविन कहाँ पुग्यो भन्दै उनले प्रश्न उठाए । पपुलिष्ट शक्तिको आडमा यस्ताप्रकारका अपराधमा सरकारले उन्मुक्ति दिन नहुने उनको भनाई छ ।

साथै, वर्तमान सरकार सदनबाट भागिरहेको उनको आरोप छ । उनले अहिले निकै बाध्यात्मक अवस्था आएपछि सरकारले संसद् अधिवेशन बोलाएको दाबी गरे । वर्तमान सरकारलाई अलोकप्रिय सरकारको संज्ञा दिँदै उनले अहिले संघीय सरकारदेखि प्रदेश सरकारले समेत सदन छलेर भागिरहेको टिप्पणी गरे । अहिले संघीय सरकारदेखि प्रदेश सरकारमा रहेकाहरुमा संसद् जान नपरे हुन्थ्यो भन्ने मनोवृति देखिएको बताए । यस्तो प्रकारको प्रवृत्ति लोकतन्त्रका लागि राम्रो नहुने उनको भनाइ छ । वर्तमान सरकारले अहिलेसम्म एउटाबाहेक कानुन बनाउन नसकेको उनले बताए । उनले सरकारले अहिले अपराधी र पीडकलाई उन्मुक्ति दिने गरी संसद्मा टीआरसी विधेयक ल्याउन खोजेको बताए ।

नेता बस्नेतले कांग्रेस र नेकपा (एकीकृत समाजवादी) ले टीआरसी विधेयकलाई सत्ता र राष्ट्रिय सभाका सांसदसँग साटेको आरोप लगाए ।
‘यो सरकार बनेपछि अहिलेसम्म एउटाभन्दा बढि कानुन बनाउन सकेको छैन । टिआरसी विधेयक प्रस्तुत गर्न सकेको छैन ।’ उनले भने,‘पीडकहरुलाई उन्मुक्ति दिने, अपराधीहरुलाई, दोषीहरुलाई बचाउने र पीडित पक्षको आवाजलाई कमजोर बनाउने ढंगले यो विधेकय आउन खोजेको छ । यो विधेकलाई कांग्रेस, माओवादी, समाजवादी लगायतले सत्तासँग र राष्ट्रिय सभाका सांसदसँग सट्टापट्टा गर्न खोजेको छ ।’

नेता बस्नेतले एमालेले टिआरसी विधेकमा जनताको हित, पीडितहरुको हित, अन्तर्राष्ट्रिय मानवअधिकार सम्बन्धि नेपाल पक्ष राष्ट्र भएका दस्ताबेजहरुको पक्षमा हुनेगरी आफ्नो अडान कायम राख्ने बताए । वर्तमान सरकार साह्रै अलोकप्रिय भएको र अर्थतन्त्रका सबै सूचकहरु नकारात्मक बन्दै गएको उनको दाबी छ । वर्तमान सरकार सबैतिरबाट असफल भएको उनको टिप्पणी छ । निर्माण व्यवसायीलाई सरकारले सात खर्ब भन्दा बढी भुक्तानी नदिएको र कसैलाई पनि न्यायोचित ढंगले न्याय दिन नसकेको उनको आरोप छ ।

बाँसबारी छालाजुत्ता कारखानाको जग्गा २०४२ सालदेखि राजाका भाइ धिरेन्द्रसँगको व्यापारिक साझेदारी र विनोद चौधरीसमेतको आडमा अरुण चौधरीले हडपेको भनेर प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले भनिरहँदा पनि प्रधानमन्त्री प्रचण्डले उक्त विषयमा आफ्नो अनविज्ञता प्रकट गरिरहेको दाबी गरे । ‘प्रधानमन्त्री प्रचण्डले यो विषयमा म बेखबर छु, यो कसरी भयो ? यसले त व्यापारीहरुलाई निरुत्साहित बनाएको छ भन्दै हिँड्नु भएको छ । काम गर्ने प्रहरी प्रशासनको निकाय पनि प्रतिपक्षले परिचान गरेको जस्तो देखिएको छ,’–उनले भने ।

उनले विगतमा भ्रष्टाचार छानविन गर्छु भनेर सरकारले अनेक हल्लाखल्ला गरेपनि सुन प्रकरणमा आफ्नै मान्छे जोडिएपछि चुपचाप बसेको टिप्पणी गरे । नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएको पूर्वप्रधानमन्त्रीहरु माधव नेपाल र बाबुराम भट्टराईलाई उन्मुक्ति दिइएको उनको आरोप छ । वर्तमान सरकारले निकै शानदार ढंगले हल्लाखल्ला गरेर सुरु गरेको भ्रष्टाचार विरुद्धको अभियान हात्ति आयो, हात्ति आयो फुस्स बनेको उनको टिप्पणी छ । उनले एमालेले समकालीन राजनीतिमा प्रचण्ड र माधव नेपालसँग सहकार्य नगर्ने बताए । अन्तर्राष्ट्रिय शक्तिको दवाबमा कांग्रेसले कमजोर धरातल भएको प्रचण्डलाई बोकेर हिँडेको उनले टिप्पणी गरे । उनले यसले कांग्रेसलाई नै बढी घाटा भइरहेको बताए । कांग्रेस जिम्मेवार हुन नसकेको उनको भनाइ छ ।

कांग्रेसमा कोशी प्रदेशमा विद्रोहको वातावरण बनेपनि उक्त विद्रोहबाट कांग्रेसले पाठ सिक्ने भन्दा पनि उक्त विद्रोहलाई सामसुम गरेर जबर्जस्ती सत्ता टिकाउन लागिपरेको बताए । ‘प्रचण्डसँग सहकार्य गर्ने कुरा, माधव नेपालसँग सहकार्य गर्ने कुरा आजको समकालीन राजनीतिमा सम्भावना छ भन्ने कुरा मलाई लाग्दैन । त्यो खाले समीकरण बनाउने र सत्तामा जाने हाम्रो इन्ट्रेस्ट छैन ।’ उनले भने, ‘अन्तरार्ष्ट्रिय शक्तिको दवाबमा कांग्रेसले प्रचण्डजस्तो कमजोर धरातल भएको व्यक्तिलाई च्यापेर हिँडेको छ । त्यसले प्रचण्डभन्दा पनि कांग्रेस र शेरबहादुर देउवालाई कमजोर बनाइरहेको छ ।’

फरक प्रशंगमा उनले मदन भण्डारी हत्या प्रकरण छानविन भए हत्यारा पत्ता लाग्ने बताए । नेता बस्नेतले साम्राज्यवादी शक्ति र त्यतिबेलाको सरकारको संलग्नतामा उक्त घटना भएको दाबी गरे । मदन भण्डारी हत्या प्रकरणबारे गिरिजाबाबुका तत्कालीन सल्लाहकार उमेशजी (उनले थर बताएनन्) को बयानलाई आधार मानेर छानविन गरे हत्यारा पत्ता लाग्ने बताएका हुन् । ‘मदन भण्डारीको हत्यारा पत्ता लाग्छ नै । सवाल के हो भन्दा विभिन्नखाले साम्राज्यवादी शक्ति र त्यतिखेरका सत्ताको संलग्नता भएको हुनाले यो विषय जटिल छ । गिरिजा प्रसाद कोइरालाको नामसमेत मुछेर तत्कालीन गिरिजा प्रसाद कोइरालाका सल्लाहकार उमेशजीले जुन कुरा उजागार गर्नुभएको छ । त्यो विषय पत्ता लाग्छ । यस्ता षड्यन्त्रपूर्ण घट्नाहरु उमेशजीले दिएको बयानका आधारमा छानविन गर्दा पत्ता लाग्छ,’– उनले भने ।