१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग

सरकारले क्यान्सर रोग न्युनिकरणका लागि कुनै कसर बाँकि राख्दैन: स्वास्थ्यमन्त्री बस्नेत

सरकारले क्यान्सर रोग न्युनिकरणका लागि कुनै कसर बाँकि राख्दैन: स्वास्थ्यमन्त्री बस्नेत
अ अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकारले क्यान्सर रोग न्युनिकरणका लागि सरकारले कुनै कसर बाँकि नराख्ने बताउनुभएको छ ।

आईतवार विश्व क्यान्सर रोग दिवसको अवसर पारेर मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बस्नेतले क्यान्सर रोग तत्काल उन्मुलन गर्नसक्ने अवस्था नभएको उल्लेख गर्दै त्यसको न्युनिकरणका लागि सरकारले कुनैपनि कसर बाँकि नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

उहाँले क्यान्सर न्युनिकरणका लागि आ–आफ्नो ठाउँबाट सकेको योगदान पुर्‍याउन पनि सम्बन्धित सबै निकायलाई निर्देशन दिनुभयो । मन्त्री बस्नेतले क्यान्सर रोग बिरुद्ध लडने आधार तत्काल पार्न पनि मातहतका निकायलाई सचेत गराउनु भयो । उहाँले सम्बन्धित निकायले सचेत भएर काम गरे क्यान्सर रोग नियन्त्रण गर्न कुनै कठिनाई नहुने समेत स्पष्ट पार्नुभयो ।

मन्त्री बस्नेतले भन्नुभयो, ‘क्यान्सर रोगलाई यो देशबाट न्युनिकरण गर्दै जाने कुरामा अहिले हामी उन्मुलन त तत्कालै भन्न सक्दैनौं । न्युनिकरण गर्दै जाने कुरामा धेरै ठूलो मद्दत मिल्छ भन्ने कुरामा मैले विश्वास गरेको छु । यसमा हामी आ–आफ्नो क्षेत्रबाट जे सक्छौं, जति सक्छौं । कसैले खट्न सक्लान्, कसैले बुद्धि दिनुपर्ला । यसमा लामोलामो समयदेखि काम गरेर बस्नुभएका व्यक्तित्वहरु यहाँ अहिले उपस्थिति हुनुहुन्छ । यसले नेपालमा क्यान्सर रोगका बिरुद्ध लड्नका लागि एउटा महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ । त्यसको निम्ति जग तयार पार्नेछ । त्यही जगको आधारमा आगामी दिनमा हामीले त्यो रोग बिरुद्ध लड्नेछौं । यसका लागि स्वास्थ्य मन्त्रालयको तर्फबाट गर्नुपर्ने काममा कुनै कसर बाँकि हुनेछैन । मैले अहिले यति कुरा निवेदन गर्न चाहन्छु ।’

त्यस अवसरमा मन्त्री बस्नेतले सरकारले क्यान्सर रोग बिरुद्ध लड्न एकीकृत रणनीतिक योजना बनाउने पनि बताउनु भयो ।