९ श्रावण २०८३, शनिबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ कैलालीमा चार लाख ७४ हजारभन्दा बढी मूल्यका सामान बरामद शिक्षामन्त्री प्रधानको राजीनामापछि सीजेपी आन्दोलनबाट फिर्ता अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना ! काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक माटोको उर्वरा शक्तिमा सुधार ल्याउन प्राङ्गारिक मल प्रयोग गरौँः मन्त्री चौधरी छिन्नलता पुरस्कारबाट वरिष्ठ गायक श्रेष्ठसहित पाँच स्रष्टा पुरस्कृत गण्डकी प्रदेश प्रमुखद्वारा गाँजाखेतीसम्बन्धी विधेयक प्रदेशसभामा फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री कप भलिबल प्रतियोगिताः गण्डकी प्रदेश फाइनलमा



अ+ अ-

दोधारा चाँदनी । कञ्चनपुरको महेन्द्रनगर स्थित खुला मञ्चमा जारी तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा गण्डकी प्रदेश फाइनल प्रवेश गरेका छन ।

आज महेन्द्रनगरमा भएको सेमिफाइनल खेलमा गण्डकी प्रदेशले नेपाल पुलिस क्लबलाई ३–२ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

“प्रतियोगिताको फाइनल खेल समापन शनिबार दिउँसो हुन्छ ।” उहाँले भन्नुभयो । प्रतियोगितामा सात वटा प्रदेश र तीन वटा विभागिय टिम गरी १० वटा टिमको सहभागिता रहेको थियो ।

प्रतियोगितामा विजेता उपविजेता र तेस्रो हुने टिमलाई रु चार लाख, दुई लाख र एक लाख नगदसहित विजेता ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । सुदूरपश्चिम खेलकुद परिषद्को आयोजनामा आइतबारदेखि प्रतियोगिता सुरु भएको थियो ।