काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्यमा सामान्य वृद्धि आएको छ ।
हिजो छापावाला सुनको मुल्य प्रतितोला रु ८६ हजार १ सय कायम भएको थियो तर आज तोलामा रु १ सय बढेर प्रतितोला रु ८६ हजार २ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै तेजावी सुन भने प्रतितोला र ८५ हजार ७ सय ५० मा कारोबार भएको छ । यता चाँदीको मुल्य भने प्रतितोला रु १२६५ कायम भएको महासङ्घले जनाएको छ ।








