२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन News Polar एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट News Polar कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छ : कांग्रेस महामन्त्री राणा News Polar जापानसँग उच्चस्तरीय भ्रमणको पहल गर्छु : प्रस्तावित राजदूत थापा News Polar सम्यक महादानको तयारी तीव्र, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar कांग्रेसको दलिततर्फ प्रकाश रसाईली स्नेही अगाडि, दलित महिलामा सीता मिजार र खुलामा डा. डिबी सुनारको अग्रता News Polar म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँः मञ्चलाकुमारी झा News Polar ४७ प्रकारका इम्युनोसप्रेसेन्ट औषधिको उत्पादन तथा पैठारी अनुमति खारेज News Polar मलेसियाका लागि प्रस्तावित राजदूत खरेलमाथि आर्थिक अनियमितता र स्वार्थको द्वन्द्वको आरोप News Polar मलेसियाका लागि प्रश्तावित राजदुत खरेलको सुनुवाईमा प्रश्नः संसदीय समितिले प्रक्रिया रोकेर अध्ययन थाल्यो News Polar लागुऔषधसहित छ जना पक्राउ News Polar मलेसियामा नेपाली श्रमिकको सुरक्षादेखि डिजिटल सेवासम्म खरेलका प्राथमिकता News Polar प्रस्तावित राजदुत डा. झाको योग्यता र कार्यक्षमतामाथि सत्तारुढ सांसदको प्रश्नै प्रश्न News Polar श्रीलंकासँग आर्थिक साझेदारी बलियो बनाउने राजदूत झाको प्रतिबद्धता News Polar तुलसीपुर प्रहरीका लागि ‘बडी बर्न’ क्यामेरा News Polar मतदातासूचीबाट तीन हजार ४७२ मतदाताको नाम हटाइयो News Polar वीरगन्जमा फरार प्रतिवादी प्रक्राउ News Polar कांग्रेस महाधिवेशन : आदिवासी जनजातितर्फको मतगणना सम्पन्न, बहादुर सिंह लामा तामाङ विजयी News Polar प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात News Polar राजदूत सुनारबारे प्रहरीको अभिलेखमा मिलापत्र, डिपोर्टबारे अध्यागमनसँग विवरण छैन

नीजि वन उद्यमीहरुले सहुलियतपूर्ण ऋण पाउनुपर्छ : मन्त्री आले

नीजि वन उद्यमीहरुले सहुलियतपूर्ण ऋण पाउनुपर्छ : मन्त्री आले
अ अ+ अ-

काठमाडौं । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले नीजि वन सम्बन्धी कानुनलाई सरलीकृत गर्दै किसानमैत्री बनाउने बताउनुभएको छ । 

सोमबार पारिवारिक नीजि वन संघ, नेपालको सातौँ स्थापना दिवसको अवसरमा बोल्दै वनमन्त्री आलेले नीजि वन सँग सम्बन्धीत कानुनी उल्झनका कारण किसानहरुले दुःख पाएको भन्दै नीजि वन पैदावारको काठ कटान, ओसार पसार, विक्रि वितरण र उपयोग सम्बन्धी कानुनलाई सरलीकृत गर्दै किसानमैत्री बनाउने बताउनुभएको हो । आगामी आर्थिक वर्षमा नीजि वनको प्रबर्धनका लागि विशेष कार्यक्रम ल्याउने पनि उहाँको भनाई छ । नीजि वन उद्यमीहरुलाई सहुलियतपूर्ण ऋणका लागि पनि आवश्यक कदम चालिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘नीजि वन पैदावारको काठ कटान, ओसार पसार, विक्रि वितरण तथा उपयोग सम्बन्धीको कानुन व्यवस्थापनलाई थप सरलीकृत गर्दै किसान मैत्री बनाउन म पहलकदमी लिनेछु । आगामी दिनमा नीजि वन हुर्काउँदा कसैले दुःख नपाउने गरी कानुनी प्रक्रियाहरुलाई व्यवहारिक बनाइने छ । र नीजि वनबाट बढी भन्दा बढी मानिसहरु लाभान्वित हुने अवस्था पनि सिर्जना गरिनेछ । आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा सरकारले नीजि वनको प्रवर्धन विशेष कार्यक्रम ल्याउने विश्वास समेत म दिलाउन चाहान्छु । अरु व्यवसायीले जस्तै नीजि वन उद्यमीहरुले पनि सहुलियतपूर्ण ऋण पाउनुपर्छ भन्ने मान्यता राखेको छु । यस कुरालाई साकार बनाउन मैले सरोकारवाला मन्त्रालय तथा निकायसँग आवश्यक अन्र्तक्रिया गरिरहेको छु ।’

सिचाइँ नहुने जग्गामा माटो परिक्षण गरी जडिबुटी उत्पादनको लागि बजेट व्यवस्थापन गरेको उहाँको भनाई छ । जडिबुटी राज्यले निशुल्क उपलब्ध गराउने पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘वन तथा वातावरण मन्त्रालयले हरेक किसानको नीजि जग्गामा रहेको जग्गा जहाँ सिचाइँ, खानेपानीको व्यवस्था छैन त्यस्तो क्षेत्रलाई त्यहाँको माटो परिक्षण गरेर कुन प्रजातिको जडिबुटी उत्पादन हुन्छ भन्ने सवालमा अहिले बजेटको व्यवस्थापन हामिले मिलाएका छौँ । र ति ठाउँमा राज्यले निशुल्क जडीबुटी व्यवस्था गर्नेछ भन्ने हामीले गृहकार्य अगाडी बढाएका छौँ ।’

मन्त्री आलेले हाल बन्दै गरेको वन नियमावलीमा पारिवारिक नीजि वनलाई प्राथमिकताका साथ राख्ने प्रतिवद्दता पनि व्यक्त गर्नुभयो ।