८ आश्विन २०८१, मंगलवार
,
Latest
आईसीसी विश्वकप लिग–२ मा आज नेपालले ओमानसँग खेल्दै विश्वव्यापी विभाजन, तीन युद्ध र सम्भावित मध्यपूर्व सङ्घर्षको छायाँमा विश्व नेताहरू भेला हुँदै एसियन सिनियर करातेमा रजत पदक जितेकी एरिकाको भव्य स्वागत दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश राउतको इजलासमा सुनको मूल्य हालसम्मकै उच्च पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन उपयोगविहीन लेबनानको हिजबुल्लाह गढमा भएको इजरायली आक्रमणमा ४९२ को मृत्यु विर्तामोडमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु गुल्मीको निहुरो बुटवलदेखि काठमाडौँसम्म रवीन्द्रसंग प्रचण्डका मनका कुरा: राजसंस्था सोचे जस्तो खराब रहेनछ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कान्ति राजमार्ग तत्काल कालोपत्र नहुने



अ+ अ-

काठमाडौं । राष्ट्रिय राजमार्गका रुपमा रहेको कान्ति राजमार्गमा झण्डै पाँच किमी सडक अझै केही वर्ष कालोपत्र नहुने भएको छ । वर्षेनी वर्षाका कारण सडक अवरुद्ध हुने गरेकाले तत्कालका लागि कालोपत्र नगरिने कान्ति राजमार्ग योजना कार्यालयले जनाएको छ । 

अहिले तत्काल कालोपत्र नगरिने सडकमध्ये धेरै भाग ललितपुर र थोरै भाग मकवानपुरमा पर्छ । उहाँका अनुसार यी ठाउँ छपेली र आसपासका क्षेत्रमा रहेका योजनाका सूचना अधिकारी दिपेश रजकले बताउनुभयो । अहिले तत्काल कालोपत्र नहुने थोरै सडक खण्ड मकवानपुरमा पनि रहेको छ । एक किलोमिटर सडक कालोपत्र गर्दा झण्डै रु डेढ करोड लगानी हुने भएकाले त्यो रकम खेर जान नदिन तत्काल कालोपत्र नगर्ने योजना बनाइएको हो । 

कुनै पनि ठाउँमा सडक खनेपछि केही वर्षसम्म पहिरो जाने गरे पनि केही वर्षपछि त्यहाँको माटो स्थिर भएर रहन्छ । उहाँले भन्नुभयो, “अबको केही वर्षमा पहिरो जान रोकिएपछि कालोपत्र गर्न सकिन्छ ।” अहिले कालोपत्र नगरिने सडकमा पनि ग्राभेल गरिने भएकाले स्थानीयवासीलाई आवतजावतमा समस्या नहुने योजनाका सूचना अधिकारी रजकले बताउनुभयो । 

उहाँका अनुसार त्यो स्थानमा ग्राभेल, सडक छेउमा नाली बनाउनेलगायतका अरु सबै किसिमका काम हुनेछ । यो सडकमा वर्षेनी वर्षाको समयमा सडक माथिबाट आउने पहिराका कारण सडक अवरुद्ध हुने गरेको छ । पहिले एक लेनको सडक दुई लेनको बनाउँदा सडकमा पहिरो आइरहेको हो ।

सडक ट्याक खुलेको लामो समयसम्म पनि कच्ची सडकका रुपमा रहेको यो सडकमा अहिले धमाधम कालोपत्रको काम भइरहेको छ । चालू आवभित्रै त्यही पाँच किमी सडकबाहेक अन्यत्र सडक कालोपत्र गरिसक्ने योजनाको लक्ष्य बताइएको छ । 

सडक दुई लेन बनाइए पनि अहिलेसम्म राजमार्गमा रहेका तीन पुल एक लेनका छन् । पुललाई पनि बिस्तार गरिने योजनाले जनाएको छ । सडक विभागले गत आवमा सो सडकलाई पहिलो प्राथमिकताको सडक ९पि वान० बाट राष्ट्रिय राजमार्गमा स्तरोन्नति गरेको थियो । उक्त सडक काठमाडौँलाई तराईसँग जोड्ने छोटो सडकमा पर्छ ।