२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन News Polar एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट News Polar कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छ : कांग्रेस महामन्त्री राणा News Polar जापानसँग उच्चस्तरीय भ्रमणको पहल गर्छु : प्रस्तावित राजदूत थापा News Polar सम्यक महादानको तयारी तीव्र, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar कांग्रेसको दलिततर्फ प्रकाश रसाईली स्नेही अगाडि, दलित महिलामा सीता मिजार र खुलामा डा. डिबी सुनारको अग्रता News Polar म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँः मञ्चलाकुमारी झा News Polar ४७ प्रकारका इम्युनोसप्रेसेन्ट औषधिको उत्पादन तथा पैठारी अनुमति खारेज News Polar मलेसियाका लागि प्रस्तावित राजदूत खरेलमाथि आर्थिक अनियमितता र स्वार्थको द्वन्द्वको आरोप News Polar मलेसियाका लागि प्रश्तावित राजदुत खरेलको सुनुवाईमा प्रश्नः संसदीय समितिले प्रक्रिया रोकेर अध्ययन थाल्यो News Polar लागुऔषधसहित छ जना पक्राउ News Polar मलेसियामा नेपाली श्रमिकको सुरक्षादेखि डिजिटल सेवासम्म खरेलका प्राथमिकता News Polar प्रस्तावित राजदुत डा. झाको योग्यता र कार्यक्षमतामाथि सत्तारुढ सांसदको प्रश्नै प्रश्न News Polar श्रीलंकासँग आर्थिक साझेदारी बलियो बनाउने राजदूत झाको प्रतिबद्धता News Polar तुलसीपुर प्रहरीका लागि ‘बडी बर्न’ क्यामेरा News Polar मतदातासूचीबाट तीन हजार ४७२ मतदाताको नाम हटाइयो News Polar वीरगन्जमा फरार प्रतिवादी प्रक्राउ News Polar कांग्रेस महाधिवेशन : आदिवासी जनजातितर्फको मतगणना सम्पन्न, बहादुर सिंह लामा तामाङ विजयी News Polar प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात News Polar राजदूत सुनारबारे प्रहरीको अभिलेखमा मिलापत्र, डिपोर्टबारे अध्यागमनसँग विवरण छैन

महिला हिंसाको अन्त्य नभएसम्म नेपाली समाज सभ्य र सुरक्षित बन्न सक्दैन : उपराष्ट्रपति पुन

महिला हिंसाको अन्त्य नभएसम्म नेपाली समाज सभ्य र सुरक्षित बन्न सक्दैन : उपराष्ट्रपति पुन
अ अ+ अ-

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले महिला हिंसाको अन्त्य नभएसम्म नेपाली समाज सभ्य र सुरक्षित बन्न नसक्ने बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल चेम्बर अफ कमर्शको महिला चेम्बरद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले महिला हिंसाका घटनाहरु न्युनिकरण हुन नसकेको र अपराधीहरु कानुनी दायरामा आउन नसकेकाले सबैले गम्भिरतापूर्वक सोच्ने बेला आएको बताउनुभयो । उहाँले महिला हिंसाका घटनाले दिदीबहिनीहरुले असुरक्षित महसुस गरिरहेको उल्लेख गर्दै महिला हिंसाको अन्त्य बिना समाज सभ्य र सुरक्षित बन्न नसक्ने बताउनुभएको हो । उहाँले भन्नुभयो – ‘महिला हिंसाका घटना न्युनिकरण हुन सकिरहेको छैन । यो ज्यादै दुःखको कुरा हो । स–साना बालबालिकाहरुको वलात्कारपछि हत्याका घटनामा अपेक्षाकृत न्युनिकरण हुन सकिरहेको छैन । कतिपय घटनाका अपराधीहरु कानुनको दायरामा आउन सकिरहेका छैनन् । महिला हिंसाका अन्य घटनाहरुपनि थुप्रै घटिरहेका छन् । र मानिसमा चेतनाको कमीका कारण हो या अपराधीको पहिचान र उचित कानुनी कारबाही हुन नसक्दा यस्ता घटना घटिरहेका छन् । यसमा हामी सबैले गम्भिर भएर सोच्नुपर्ने अवस्था आएको छ । एक्काइसौँ शताब्दीको यो सभ्य समाजलाई गिज्याइरहेका महिला हिंसाका घटनाहरुले हाम्रो दिदीबहिनीहरुले असुरक्षित महसुस गरिरहनुभएको छ । अर्कोतर्फ यस्ता घटनाहरुले विश्व जगतमा देशको छवि समेत धुमिल बनिरहेको छ । हामीले जबसम्म स्कुल गएका छोरीहरु घर फर्कन सक्दैनन् कि, मध्यरातमा कार्यस्थलबाट फर्किरहेका दिदीबहिनीहरु हिंसामा पर्छन कि , घर भित्र रहेका दिदीबहिनीहरु कुटपिट तथा हिंसामा पर्छन् कि भन्ने आशंका गरिरहनुपर्ने अवस्थाको जबसम्म अन्त्य गर्दैनौँ तबसम्म हाम्रो समाज सभ्य र सुरक्षित बन्न सक्दैन ।’

उपराष्ट्रपति पुनले राज्यको हरेक निकायमा महिला सहभागिता बढिरहेको उल्लेख गर्दै यस उपलब्धी प्रति गर्व गर्दै बाँकी उपलब्धीहरुका लागि सचेत रहन आग्रह समेत गर्नुभयो । महिला सशक्तिकरणका लागि शिक्षा र आर्थिक आत्मनिर्भरता पहिलो पाटो रहेको भन्दै उहाँले देशको समृद्धिको लागि उद्यम क्षेत्रमा महिलाहरुको सहभागिता आवश्यक रहेको बताउनुभयो ।