२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला News Polar जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति News Polar भदौसम्म वाणिज्य बैंकले कमाए १७ अर्ब बढी नाफा, नबिल बैंक पहिलो स्थानमा News Polar ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा ६ महिनाको प्रगति सार्वजनिक, १ हजार ३०० हेक्टर जमिनमा सिँचाइ विस्तार News Polar प्रधानमन्त्री शाहबाट पलाञ्चोक भगवतीको दर्शन News Polar चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन News Polar एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट News Polar कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छ : कांग्रेस महामन्त्री राणा News Polar जापानसँग उच्चस्तरीय भ्रमणको पहल गर्छु : प्रस्तावित राजदूत थापा News Polar सम्यक महादानको तयारी तीव्र, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar कांग्रेसको दलिततर्फ प्रकाश रसाईली स्नेही अगाडि, दलित महिलामा सीता मिजार र खुलामा डा. डिबी सुनारको अग्रता News Polar म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँः मञ्चलाकुमारी झा News Polar ४७ प्रकारका इम्युनोसप्रेसेन्ट औषधिको उत्पादन तथा पैठारी अनुमति खारेज News Polar मलेसियाका लागि प्रस्तावित राजदूत खरेलमाथि आर्थिक अनियमितता र स्वार्थको द्वन्द्वको आरोप News Polar मलेसियाका लागि प्रश्तावित राजदुत खरेलको सुनुवाईमा प्रश्नः संसदीय समितिले प्रक्रिया रोकेर अध्ययन थाल्यो

हात्तीलाई किन हुँदैन क्यान्सर ?

हात्तीलाई किन हुँदैन क्यान्सर ?
अ अ+ अ-

काठमाडौं । पछिल्लोपटक वैज्ञानिकहरुले हात्तीवारे एउटा निकै नौलो तथ्य पत्ता लगाएका छन् । वैज्ञानिकहरुका अनुसार हात्तीमा यस्ता वंशाणु पाइन्छन् जसले क्यान्सर हुनबाट जोगाउँदछ ।

युनिभर्सिटी अफ बफेलोका भिन्सेन्ट लिन्च र युनिभर्सिटी अफ क्यालिफोर्नियाका जुआन म्यानुअल वाजक्वेजले उक्त शोध गरेका हुन् । शोधकर्ताका अनुसार सामान्यतया जब जिवहरुको सरीरको आकार बढ्छ तब क्यान्सरको खतरा पनि बढ्दछ । तर हात्ती यसमा अपवादको रुपमा रहेको छ । हात्तीमा क्यान्सर प्रतिरोधी क्षमता हुने निष्कर्ष शोधकर्ताको छ ।

शोधकर्ताका अनुसार हात्तीको सरीरमा ट्युमर दबाउने जिनहरु ठूलो मात्रामा पाइन्छ । हात्तीमा खासगरी डिएनए मर्मत गर्ने, अक्सिडेटिभ स्ट्रेस कम गर्ने, कोशिकाहरुको विकास गर्ने तथा उमेर र मृत्युसम्मको प्रक्रियालाई सम्हाल्ने लगायतका जिन पाइन्छन् ।

शोधकर्ता वाजक्वेजका अनुसार हात्तीमा गरिएको उक्त अनुसन्धानले भविष्यमा यहीँ प्रकारको जिनको सहयोगले क्यान्सरको उपचार समेत गर्न सकिने सम्भावनाको ढोका खुलेको छ । उनका अनुसार हात्तीका अलावा गोल्डेन मोल्स, एलिफेन्ट श्रुस, रक हाइरेक्सेस, म्यान्टिस लगायतका जिवमा पनि यस्तै जिन पाइन्छ ।

उनका अनुसार सरीरमा भएको ट्युम प्रतिरोधी जिनकै कारण हात्तीको सरीरको आकार यतिठूलो भएको हो ।