२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले गैरजिम्मेवारीपूर्ण ढंगले नकारात्मक भूमिका निर्वाह गरिरहेका छ: माधब नेपाल



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रमुख प्रतिपक्षदल नेकपा एमालेले गैरजिम्मेवारीपूर्ण ढंगले नकारात्मक भूमिका निर्वाह गरिरहेको बताउनु भएको छ ।

काठमाडौंमा सुरु पार्टीको दोस्रो केन्द्रीय परिषद् बैठकको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष नेपालले एमालेले गैरजिम्मेवारीपूर्ण ढंगले नकारात्मक भूमिका निर्वाह गरिरहेको बताउनु भयो । उहाँले प्रतिपक्षमा बसेको एमाले वर्तमान गठबन्धनको सरकार तोड्न उद्धत रहेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो “प्रमुख प्रतिपक्षमा पुगेको एमालेले अत्यन्त गैरजिम्मेवारीपूर्ण ढंगले नकारात्मक भूमिका निर्वाह गरिरहेका छन् । विभिन्न ढंगले सरकार सञ्चालनमा रहेको वर्तमान गठबन्ध तोड्न उद्धत छ । ”

अध्यक्ष नेपालले हालै सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा भएको धोकाबारे सत्ता गठबन्धनमा निर्मम ढंगबाट छलफल हुने बताउनु भयो । उहाँले यो परिणामले गठबन्धनमा उलटफेर नभएपछि भोट क्रसको बिषय सबै दलमा छलफलको बिषय बन्न पुगेको बताउनु भयो ।

तस्बिर : हरिराम भेटुवाल/रासस




भर्खरै