७ पुष २०८२, सोमबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिल्लारियलसँग बार्सिलोनाको ‘नमिठो’ हार



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले हार बेहोरेको छ । गएराति भएको खेलमा बार्सिलोना भिल्लारियलसँग घरेलु मैदानमै स्तब्ध बनेको हो ।

एकै खेलमा आठ गोल निस्किएको अवस्थामा बार्सिलोना ५–३ गोलले पराजित हुन पुग्यो । खेलको ४१ औं मिनेटमा जेरार्ड मोरेनेले गोल गर्दै भिल्लारियललाई सुरुवाती अग्रता दिलाएका थिए । ५४ औं मिनेटमा इलियास एखोमाचले गोल थप्दै भिल्लारियलको अग्रता दोब्बर पारे ।

यता, ६० औं मिनेटमा इल्काए गुन्डोवानले गोल गर्दै बार्सिलोनालाई १–२ गोलको अवस्थामा ल्याए । ६८ औं मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनालाई २–२ गोलको बराबरीमा ल्याए । ७१ औं मिनेटमा भिल्लारियलका एरिक बेलीले आत्मघाती गोल गरेपछि बार्सिलोना ३–२ गोलले अघि बढ्यो ।

तर, ८४ औं मिनेटमा गोन्कालो गुएडेसले गोल गर्दै भिल्लारियललाई ३–३ गोलको बराबरीमा ल्याए । भिल्लारियलले इन्जुरी समयमा दुई गोल थप्दै रोमाञ्चक जित निकाल्यो । ९०+९ औं मिनेटमा अलेक्जान्डर सोर्लोठले तथा ९०+१२ औं मिनेटमा जोसे लुइस मोरालेसले गोल गर्दै भिल्लारियललाई ५–३ को रोमाञ्चक जित दिलाए ।

यो नतिजासँगै बार्सिलोना २१ खेलबाट ४४ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । भिल्लारियल २२ खेलबाट २३ अंकका साथ १४ औं स्थानमा छ ।