२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप क्रिकेटः लुम्बिनी र बागमती तथा एपिएफ क्लब र गण्डकीबीच खेल



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल भइरहेका छन् । लुम्बिनी प्रदेश र बागमती प्रदेशबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भइरहेको छ ।

अर्को खेल काठकाडौँको मुलपानी क्रिकेट मैदानमा एपिएफ क्लब र गण्डकी प्रदेशबीच भइरहेको छ । लुम्बिनी र एपिएफ क्लबले आ–आफ्नो खेलमा ब्याटिङ गरिरहेका छन् ।

दश टोली सम्मिलित प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनी अङ्क तालिकाको नवौँ स्थानमा छ । लुम्बिनीले हालसम्म खेलेका पाँच खेलमध्ये एउटामा विजयी हुँदै दुई अङ्क जोडेको छ । यस्तै बागमती अङ्क तालिकाको दोस्रो स्थानमा छ । बागमतीले हालसम्म आठ खेलमा पाँचमा जित हासिल गर्दै १० अङ्क जोडेको छ ।

यस्तै एपिएफ क्लब अङ्क तालिकाको छैटौँ स्थानमा छ । एपिएफले ६ खेलमा तीनमा विजयी हुँदै ६ अङ्क बनाएको छ । गण्डकी हालसम्म खेलेका ६ खेलमध्ये दुईमा जित हासिल गर्दै चार अङ्कका साथ अङ्क तालिकाको आठौँ स्थानमा छ ।