५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भृकुटीमण्डपमा छैटौं अन्तर्राष्ट्रिय एग्रिटेक प्रदर्शनी शुरु



अ+ अ-

काठमाडौँ । कृषि सम्बन्धी वृहत अन्तर्राष्ट्रिय प्रदर्शनी ‘छैटौं नेपाल एग्रिटेक’ शुरु भएको छ ।

मिडिया स्पेस सोलुसन्स र एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इण्डियाको संयुक्त आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा ‘छैटौं नेपाल एग्रिटेक’ प्रदर्शर्नी शुरु भएको हो । छैटौं नेपाल एग्रिटेक प्रदर्शनीमा स्वदेशी तथा विदेशी कृषि सम्बन्धी कम्पनीहरुका सय भन्दा बढी स्टलहरु रहेका छन् । विशेष गरी कृषिसम्बन्धि भारत र चीनका कम्पनीहरुको स्टल मेला रहेको छ ।

यसअघि चितवनमा हुँदै आएको प्रदर्शनी यस पटक काठमाडौंमा गरिएको हो । देशभरका किसानहरुलाई कृषिबारे जानकारी गराउने उद्देश्यसहित मेला काठमाडौंमा गरिएको मिडिया स्पेस सोलुसन्स प्रा.लि.का प्रवन्ध निर्देशक सिर्जल भट्टराईले बताउनु भयो । मेलाबाट किसानहरुले नयाँ प्रविधिको बारेमा जानकारी पाउनेछन् ।

प्रदर्शनीमा कृषिका विभिन्न विधाहरु कुखुरापालन, माछापालन, बाख्रापालन, गाईभैँसी पालन, डेरी लगायत कृषिका नविनतम औजार, उपकरण, केराखेती, थोपा सिंचाई, विषादी रहित कृषि आदिका बारेमा जानकारी प्राप्त गर्न सकिन्छ । प्रदर्शनीको नि:शुल्क प्रवेशको व्यवस्था गरेको आयोजकले बताएको छ ।