१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ News Polar रोनन सुब्बा र समीक्षा अधिकारीको ‘कहिले होला’ सार्वजनिक News Polar नारायणी पुलमा अड्किएको क्रुज निकाल्ने प्रयास जारी News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस्

श्रमदान र चन्दा सहयोगबाट लिच्छवीकालीन स्वयम्भू (चैत्य)को पुर्ननिर्माण सुरु

श्रमदान र चन्दा सहयोगबाट लिच्छवीकालीन स्वयम्भू (चैत्य)को पुर्ननिर्माण सुरु
अ अ+ अ-

त्रिशूली । विदुर नगरपालिका–२ महामण्डलमा अवस्थित प्रसिद्ध स्वयम्भू (चैत्य) विहार पुन:निर्माण स्थानीयबासीको पहलमा अघि बढाइएको छ । प्राप्त इतिहासअनुसार एक हजार चारसय वर्षअघि लिच्छवीकालीन समयमा निर्माण गरिएको स्वयम्भू (चैत्य) लामो समयदेखि जीर्ण भएसँगै यस ऐतिहासिक स्थलको उत्खनन, अध्ययन, अन्वेषणसहित पुरातात्विक स्वरुपमा नै पुन:निर्माण लागि स्थानीयले आर्थिक सङ्कलन र श्रमदान गरेर काम अघि बढाइएको हो ।

विदुर नगरपालिकाको अनुरोधमा गतवर्ष पुरातत्व विभागले गरेको अध्ययनले लिच्छवीकालीन समयको स्वयम्भू (चैत्य)को ‘तत्कालै संरक्षण गर्नुपर्ने’ जनाएको थियो । तर बजेट अभावमा संरक्षणमा चासो नदिइएपछि स्थानीयबाट स्व:स्फूर्त रुपमा संरक्षण भइरहेको नुवाकोट स्वयम्भू महाचैत्य संरक्षण संस्थाका सदस्य तथा अभियन्ता गौतममान सिंहले जानकारी दिनुभयो ।

उहाँका अनुसार पूरातत्वविद्सँगको सहकार्यमा तयार गरिएको गुरु योजना अनुसार बुद्धसँग सम्बन्धित एकसय आठ चैत्य, तीन सयभन्दा बढी बोधिसत्व–तारा, एकहजार चार स्वयम्भु चैत्यसहित विशाल स्वयम्भू महाचैत्यको पुन:निर्माण गर्न लागिएको हो ।

“स्वयम्भू (चैत्य)को पुन:निर्माण तथा संरक्षणका लागि बनाइएको गुरुयोजना अनुसार चार चरणमा काम सम्पन्न गर्ने लक्ष्य छ”, अभियन्ता सिंहले भन्नुभयो, “दोस्रो चरण अन्तर्गत हाल चैत्य, बोधिसत्व, तारा निर्माणको काम भइरहेको छ भने यसपश्चात विशाल महास्वयम्भू निर्माणको काम सुरु गरिने छ ।”

स्वयम्भू–चैत्य निर्माणका लागि पहिलो चरणमा टुँडिखेलदेखि स्वयम्भू–चैत्यसम्म ढुङ्गेसिँढीको निर्माण गरेर र दायाँबायाँ बुद्धधर्मसँग सम्बन्धित चिवा, चैत्य, मूर्तिको प्रतिस्थापन गरिएको छ । दोस्रो चरण अन्तर्गत पन्ध्र रोपनी जग्गालाई पूर्णरूपमा ऐतिहासिक झलक दिने गरेर ढुङ्गेपर्खालको निर्माण गरेर एकसय आठ चैत्य, तीनसय भन्दाबढी बोधिसत्व–तारा, एकहजार चार स्वयम्भु चैत्यको प्राण प्रतिष्ठा गरेर मूर्तिहरुको प्रतिस्थापनको गर्न लागिएको छ ।

तेस्रो चरणमा विशाल स्वयम्भू महाचैत्यको निर्माण गरिने छ भने चौथो चरणमा बौद्धधर्मको अध्ययन केन्द्र, ध्यानकेन्द्र, पुस्तकालयलगायतका संरचना निर्माणका लागि समुदाय र संघसंस्थाबाट सहयोग खोजेर स्थानीयले गत असारदेखि सुरु गरेको कामलाई निरन्तर अघि बढाइएको छ ।

ऐतिहासिक तथा पुरातात्विक संरचना भएपनि लामो समयदेखि जीर्ण रहेको चैत्यको पुन:निर्माणका क्रममा ‘पहिला जस्तो थियो त्यस्तै’ निर्माणका लागि गुरुयोजना बनाएर पुरातात्विक स्वरुपमा नै काम भइरहेको महाचैत्य संरक्षण संस्थाका अध्यक्ष ईश्वरमान श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँको अनुसार हालसम्म नुवाकोटसहित देशभरबाट श्रमदान, आर्थिक सहयोग र भगवानको प्राण प्रतिष्ठा समेत गरेर करीब रु दुई करोड लगानीको काम सम्पन्न भइसकेको छ । रासस