१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ News Polar रोनन सुब्बा र समीक्षा अधिकारीको ‘कहिले होला’ सार्वजनिक News Polar नारायणी पुलमा अड्किएको क्रुज निकाल्ने प्रयास जारी News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस् News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने News Polar पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै भाेजपुरकाे ऐतिहासिक कोटगढी News Polar पहिरोबाट उद्धार गरिएका भन्छन, ‘नयाँ जीवन पायौँ’ News Polar मस्र्याङ्दी नदीमा जलसतह घट्यो, तत्काल चिन्ता गर्नुपर्ने अवस्था छैन : जिल्ला प्रशासन News Polar अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता, बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह News Polar ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित

सरकारले २०८१—२०९१ को दशकलाई आन्तरिक रोजगार प्रवद्र्धन दशकका रुपमा अघि बढाउने

सरकारले २०८१—२०९१ को दशकलाई आन्तरिक रोजगार प्रवद्र्धन दशकका रुपमा अघि बढाउने
file photo
अ अ+ अ-

काठमाडौँ । सरकारले २०८१—२०९१ सम्मको दशकलाई आन्तरिक रोजगार प्रवद्र्धन दशकको रुपमा अघि बढाउने भएको छ ।

बिहीवार काठमाडौंमा नबिल दक्ष प्रवासी उद्यमशील कर्जाको औपचारिक शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले सरकारले वैदेशिक रोजगारीको विकल्प भनेको आन्तरिक रोजगारी भएकाले सरकारले २०८१ देखि २०९१ सम्मको दशकलाई आन्तरिक रोजगार प्रवद्र्धन दशकको अभियानको रुपमा अघि बढाउन गृहकार्य गरिरहेको बताउनु भयो ।
उहाँले आन्तरिक रोजगारी बढाउन नसकेसम्मका लागि । वैदेशिक रोजगारीमा जानेकुरालाई व्यवस्थित र अनियमितताको नियन्त्रण गर्नु रहेको बताउनु भयो । उहाँले मुलुकको अर्थतन्त्र बिस्तारै लयमा गइरहेको बताउनु भयो । उहाँले अर्थतन्त्रको अवस्था सबल नभएकाले बेरोजगारी, गरिबी लगायतका समस्या समाधान गर्न नसकेको जिकिर गर्नुभयो । उहाँले दैनिक विदेश पलायन भएका युवाहरुसँगै स्वदेश फर्किरहेका युवाहरुको बारेमा पनि तथ्यांक सार्वजनिक गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो अर्थतन्त्र सुधारोन्मुख छ । किनभने हाम्रो सञ्चिति बढ्दै गइरहेको छ । तर हामीले ज्यादै ठूलो चिन्ता पनि व्यक्त गरिरहेका छौँ की हाम्रा सबै युवाहरु बाहिर गइरहेका छन् भनेर । मानौँ मुलुक नै खालि भइसक्यो भन्ने खालको मानसिकताका पनि छौँ । यो बाध्यात्मक अवस्था हो भन्नेकुरा सबैले महशुस गरिरहेका छौँ । अहिले मुलुकको आथिर्क अवस्था केही न केही सुधार भइरहेको छ । तर जे अवस्था छ, त्यसले गर्दा रोजगारी सिर्जना गर्ने अवस्था भइरहेको छैन । बेरोजगारी, गरिबी लगायतका कुराले गर्दा मानिस बाहिर जानुपर्ने बाध्यता छ । हामी कुनै हालतमा युवाहरुलाई बाहिर जान दिनु हुँदैन पनि भनिरहेका छाँै । केही गरिरहेका पनि छैनौँ । भाषणले मानिस रोकिने भए त भाषण गरिरहे हुने हो । मलाई लाग्दैन भाषणले मानिस रोकिन्छन् । दोषारोपणले पनि रोकिने कुरा होइन । यो सामुहिक जिम्मेवारी हो ।’

‘त्यसैले अहिलेको अवस्थामा जसरी चासो लिएर हरेक क्षेत्रले लिएको छ यो राम्रो हो । कति मानिस बाहिर गइरहेका छाँै त भन्छौँ तर कति मानिस फर्किरहेका छन् भन्दैनौँ । त्यसको लेखाजोखा गर्नुपर्ने भएकाले अहिले हामीले राष्ट्रिय आप्रवासन नीतिको लागि टास्कफोर्स बनााएर काम गर्दैछौँ । डा. गणेश गुरुङको नेतृत्वमा नेशनल माइग्रेसन पोलिसी बनाउनुपर्ने बेला भयो भन्ने हिसावले अघि बढाउँदै छौँ । वैदेशिक रोजगारीमा जानेकुरालाई व्यवस्थित गर्दै, यसमा भएका विभिन्न अनियमितताको नियन्त्रण गर्दै अहिलेको अवस्थामा जबसम्म हामीले विकल्प दिँदैनौँ तबसम्म त्यसलाई व्यवस्थित गर्ने हो । वैदेशिक रोजगारीको विकल्प भनेको आन्तरिक रोजगारी नै हो । त्यसकै गृहकार्यमा लागेका छौँ । २०८१ देखि २०९१ सम्मको दशकलाई आन्तरिक रोजगार प्रवद्र्धन दशकको रुपमा अभियानको रुपमा अघि बढाउन गृहकार्य गरिरहेका छौँ । सरकारले यसमा चाँडै नै आन्तरिक रोजगार प्रवद्र्धन डिकेयरको रुपमा अघि बढाउँछौँ ।’

मन्त्री भण्डारीले श्रम मन्त्रालय अन्तर्गत रहेको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ७५३ पालिकामा पुर्‍याउन र वैदेशिक रोजगारीमा गएकाहरुको सम्पूर्ण विवरण राख्ने काममा रोजगार सेवा केन्द्र स्थापना गरी काम भइरहेको बताउनु भयो ।