२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंका मेयर बालेनले राष्ट्रियसभा चुनावमा भोट नहाल्ने



file photo
अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रियसभा चुनावको मतदान बहिष्कार गरेका छन् ।

राष्ट्रियसभा चुनावअन्तर्गत बागमती प्रदेशको मतदान हेटौंडामा जारी रहँदा उनी भोट हाल्न नजान लागेका बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले बताए । बालेन कार्यव्यस्तताले गर्दा मतदानमा सहभागि नभएका उनले बताए ।

कामपाकी उपमेयर सुनिता डंगोल भने मतदानको लागि हेटौंडा पुगिसकेकी छन् ।

राष्ट्रियसभा चुनावमा बागमती प्रदेशबाट प्रदेशसभाको एक सय १० जना र स्थानीय तहका दुई सय ३७ जना गरी कूल तीन सय ४७ जनाले मतदाता रहेका छन् । जसमा सत्ता गठबन्धन, नेकपा (एमाले), राप्रपा र नेपाल मजदुर किसान पार्टीको तर्फबाट १५ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।