२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजपाद्वारा आह्वान गरिएको बन्दको रौतहटमा आंशिक प्रभाव



अ+ अ-

जनकपुरधाम । प्रभु साह नेतृत्वको आम जनता पार्टीले आज मधेश प्रदेशमा आम हडतालको आह्वान गरेको छ । बैंकको ब्याज आतंकविरुद्ध आजपाले आज एक दिनका लागि हडतालको आह्वान गरेको हो ।

उनीहरुले बैंकहरुले मनोमानी ढंगले लिएको ब्याज फिर्ता गर्नुपर्ने, लघुवित्त तथा सहकारीबाट गरिब किसानले लिइएको कर्जा माफी गर्नुपर्ने, आम जनतालाई सहज रूपमा कर्जाको व्यवस्था गर्नु पर्नेलगायतका माग राखेका छन् ।

आपजाले रौतहटको गौर नगरपालिका र पूर्व-पश्चिम राजमार्गमा सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ‌। यसैबिच प्रदर्शन गरिरहेका २१ जना कार्यकर्ता पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले जानकारी दिईन् ।

गिरीका अनुसार बन्दको खासै प्रभाव परेको छैन । यद्यपी, गौरबाट लामो दुरीका सवारीसाधन ठप्प भएका छन् । पूर्व(पश्चिम राजमार्ग भने सञ्चालनमा रहेको छ ।