१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ News Polar रोनन सुब्बा र समीक्षा अधिकारीको ‘कहिले होला’ सार्वजनिक News Polar नारायणी पुलमा अड्किएको क्रुज निकाल्ने प्रयास जारी News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस् News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने News Polar पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै भाेजपुरकाे ऐतिहासिक कोटगढी News Polar पहिरोबाट उद्धार गरिएका भन्छन, ‘नयाँ जीवन पायौँ’ News Polar मस्र्याङ्दी नदीमा जलसतह घट्यो, तत्काल चिन्ता गर्नुपर्ने अवस्था छैन : जिल्ला प्रशासन News Polar अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता, बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह News Polar ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा

‘पक्की सडक आउँदा सबै दु:ख भुलिन्छ’

‘पक्की सडक आउँदा सबै दु:ख भुलिन्छ’
अ अ+ अ-

नवलपुर । “मैले गाडी चलाउन लागेको २० वर्ष भइसक्यो । तर अहिलेको जस्तो बिग्रिएको बाटोमा गाडी चलाउनु परेको थिएन”, पृथ्वी राजमार्गमा बस सञ्चालन गर्दै आउनुभएका चालक बाबुराम सापकोटाले भन्नुभयो, “अहिले त गाडी चलाउँदै गर्दा पक्की सडक आए पनि सबै दु:ख भुलिन्छ जस्तो लाग्छ ।”

पोखरा–नारायणगढ–बुटवल सडक खण्डमा २० वर्षदेखि गाडी चलाउँदै आउनुभएका तनहुँको बेलचौताराका चालक सापकोटाले आफूले गाडी चलाउन सुरु गरेपछि सबैभन्दा अप्ठ्यारो बाटो अहिले भएको बताउनुभयो । सडक विस्तारका नाममा सबै एकैपटक भत्काउँदा गाडी चलाउनै कठिन हुने गरेको उहाँको भनाइ थियो ।

“कालोपत्र उप्काइएको सडकमा गाडी चलाउँदा गाडी कतै बिग्रिन्छ कि, टायर केही हुन्छ कि भन्ने चिन्ताले कुदाउनै सकिँदैन”, सापकोटाले भन्नुभयो, “कालोपत्र गरिएको सडकमा गाडी चलाउँदा बिग्रिएको सडकमा गुडाउँदा पाएका सबै दु:ख भुलिन्छ ।” आफूले गाडी चलाउने यस खण्डको अधिकांश भाग भत्काइएको उहाँले जानकारी दिनुभयो ।

निर्माणाधीन सडकको केही खण्डमा मात्रै कालोपत्र गरिएको भन्दै सडक विस्तारको काम चाँडो सम्पन्न भएमा चालक मात्रै नभएर यात्रुलाई पनि सहज हुने सापकोटाले बताउनुभयो । “सडक विस्तारको काम सुरु हुनु अगाडिसम्म पोखराबाट बुटवल बढीमा सात घण्टामा पुग्ने गरेका थियौँ”, उहाँले भन्नुभयो, “अहिले त थोरैमा पनि ११ घण्टा लाग्ने गरेको छ ।” पोखराबाट बुटवल पुगेर पुन: पोखरा पुग्दा गाडीमर्मत गर्नुपर्ने अवस्थामा पुग्ने गरेको सापकोटाको गुनासो छ ।

पोखराबाट बुटवल जाँदै गरेको ग२ख २४६ नम्बरको बसमा भेटिनुभएका यात्रु महेश घिमिरेले सडकको दुरावस्थाका कारण आफूले सार्वजनिक बस प्रयोग गर्न बाध्य भएको बताउनुभयो । “मैले काठमाडौँमा रहेको पब्लिकेशन ९पुस्तक प्रकाशन गृह०को बजार व्यवस्थापनको काम गर्दै आएको छु । यसअघि यस सडकमा मोटरसाइकलमा यात्रा गर्दथेँ”, उहाँले भन्नुभयो, “सडकमा उड्ने धूलो, सवारी बिग्रिने डरलगायत कारणले मोटरसाइकलमा यात्रा गर्नुभन्दा सार्वजनिक यातायात प्रयोग गर्नु उचित लाग्यो ।”

मोटरसाइकलमा यात्रा गर्दा पानी हालेको ठाउँमा चिप्लने तथा सडकमा उडेको धुलोका कारण गन्तव्यमा पुग्दा स्वास्थ्यमा समस्या देखिने गरेको घिमिरेको भनाइ थियो । “सडक विस्तारको काम सुरु भएको लामो समय बित्दासमेत आधा काम पनि नसकिनुले मुलुकको विकासको गतिलाई देखाउँछ”, उहाँले भन्नुभयो, “नेतृत्वको काम गर्ने शैलीमा परिवर्तन नआएसम्म देशमा नयाँ व्यवस्था आए पनि जनतालाई सास्ती मात्रै हुन्छ ।”

साना–साना कुराबाट नागरिकले नयाँ व्यवस्थाको अनुभव गर्ने भएकाले पूर्वाधारसहितका अत्यावश्यक विषयमा नेतृत्व गम्भीर भएर काम गर्नुपर्नेमा घिमिरेले जोड दिनुभयो । उक्त खण्डमा सबैभन्दा बढी सडक बिग्रिएको अवस्थामा नारायणगढ–बुटवल खण्ड रहेको उहाँको भनाइ थियो ।

पुरानो नारायणी यातायात प्रालिका उपाध्यक्ष अशोक पोखरेलले नारायणगढ–बुटवल खण्डका कारण व्यवसायीमात्रै नभएर चालक, यात्रु र स्थानीयवासीलेसमेत दु:ख पाएका बताउनुभयो । “सडकको अवस्थाका कारण गाडी बिग्रिएर व्यवसायीले दु:ख पाएकै छौँ”, उहाँले भन्नुभयो, “गाडीमा सवार यात्रु, चालक तथा धूलोका कारण स्थानीयलेसमेत दु:ख पाउने गरेका छन् ।”

सडक विस्तारको काम सुरु भएको पाँच वर्ष बित्नै लाग्दासमेत कामले गति लिन नसक्नु दुखद् भएको पोखरेलको भनाइ थियो । “यात्रु बोकेर चालक निस्कन्छन्, सकुशल गन्तव्यमा पुग्ने हो कि होइन अनिश्चित हुन्छ”, उहाँले भन्नुभयो, “बीच बाटोमा गाडी बिग्रिएर चालकले फोन गर्ने गर्छन् । यात्रुलाई अर्को गाडीमा पठाएर गाडी बनाउँदा घाटाको व्यापार हुने गरेको छ ।” सडकको अवस्थाका कारण यस खण्डमा गाडी चलाउनु भन्दा गाडी थन्काउँदा राख्दा फाइदा हुने अवस्था आउन लागेको उहाँले गुनासो गर्नुभयो ।

यस सडकमा अझै पनि पुल, कल्भर्ट निर्माण गर्नका लागि डाइभर्सन गराउने तथा कालोपत्र गर्नका लागि खनिएका सडकमा लामो समयसम्म बेससमेत नराख्दा समस्या थपिएको पोखरेलले जानकारी दिनुभयो । रासस