४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियन कप: अस्ट्रेलियाले भारतलाई २-० गोलले हरायो



अ+ अ-

काठमाडौं । एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता एएफसी एसियन कपमा अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ ।

शनिबार कतारको बिन अली रंगशालामा भएको खेलमा अस्ट्रेलियाले भारतलाई २-० गोलले हराएको हो ।

समूह ‘बी’ को यो खेलमा अस्ट्रेलियाले दुवै गोल दोस्रो हाफमा गर्‍यो ।

अस्ट्रेलियाका लागि ज्याकसन इर्भिनले ५०औं मिनेटमा तथा जोर्डन बोसले ७३ औं मिनेटमा गोल गरे ।

प्रतियोगितामा एसियाका २४ देशले प्रतिस्पर्धा गरिरहेका छन् ।