८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा

राष्ट्रिय खाद्य बैंकको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

राष्ट्रिय खाद्य बैंकको तेस्रो वार्षिक साधारण सभा सम्पन्न
अ+ अ-

ललितपुर । राष्ट्रिय खाद्य बैंक लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभाको उद्घाटन गर्दै संघीय संसदका सभामुख देवराज घिमिरेले कुनै बेला खाद्यान्नमा आत्मनिर्भर भएको नेपाल आज विदेशीको भर पर्नुपर्ने अवस्था आउनु दुःखद् भएको बताए ।

अब कृषिमा आत्मनिर्भर हुन कृषि उत्पादनको वृद्धिका लागि यसको आधुनिकीकरणमा ध्यान दिन र कृषि क्षेत्रको बजारीकरणका लागि नेपालले रैथाने प्रजातिका कृषि उत्पादनमा लाग्नुपर्ने उनले बताए ।

सभामुख घिमिरेले खासगरी कृषि क्षेत्रमा के–के रैथाने प्रजातिहरु हुन ? तिनीहरुलाई हाम्रो सन्दर्भमा उत्पादकत्व वृद्धिका लागि चाहिने तत्वहरु के हो ? त्यो तत्वहरु उत्पादन गर्ने अथवा त्यसको बजारीकरण गर्ने र त्यसलाई उपलब्ध गराएर सबै किसानहरुलाई त्यस्ता वस्तुको उत्पादन गर्न प्रेरित गर्ने कामहरु कसरी गर्न सकिन्छ ? राज्यले त्यसमा पनि कृषि मन्त्रालयले लामो समयसम्म अध्ययन, अनुसन्धान र यसलाई बजारीकरणको गर्नुपर्ने उनले बताए ।

कृषि कार्यमा अहिलेका युवाहरु विकर्षण पैदा भईरहेको छ । उनीहरु कुनै न कुनै ढंगबाट शहरीकरणबाट प्रभावित भएका छन् । शहरतिर आकर्षित भइरहेका छन् । र कृषि पेशालाई आत्मनिर्भर बनाउने एउटा गौरवशाली पेशा हुनुपर्नेमा त्यो तल्लो दर्जाको पेशा, क्षमता र योग्यता नहुनेले गर्ने पेशाको रुपमिा परिभाषित भइरुहेको छ—उनले भने ।

कृषि पेशा, आम्दानी नहुने पेशाको रुपबाट तिरस्कृत भएकोले गर्दा कुनैबेला खाद्यान्नमा आत्मनिर्भर भएको मुलुक, खाद्यान्न निर्यात गरेर आयआर्जन गर्ने र अन्य औद्योगिक वस्तुहरु त्यसको आम्दानीबाट प्राप्त गर्ने हाम्रो मुलुकमा आज विदेशीहरुको भर पर्नुपर्ने प्रतिकुल परिस्थिति आइरहेको छ—सभामुखको गुनासो थियो ।

यस्तो बेलामा राष्ट्रिय खाद्य बैंकले यसका समस्याहरुलाई पहिचान गर्ने र युवाहरुलाई वैज्ञानिक ढंगबाट खेती प्रणालीमा प्रेरित गर्ने, हाम्रा महत्वपूर्ण कृषि उपजहरुमा पाईने तत्वहरुको संरक्षण गर्ने, त्यसलाई मानिसहरुको जीवनका लागि चाहिने तत्वहरुको विकास गर्ने र त्यसको उत्पादनमा बजारीकरण गर्ने, बजारीकरणका लागि कृषि सहकारीहरुको माध्यमबाट, साना किसानहरुको माध्यामबाट लगानी गर्ने र साझा कृषिबाली र साझा खेतीमा प्रेरित गर्ने र ठूलाठूलो चक्लाबन्दीका कार्यक्रमहरु ल्याएर कृषिलाई अगाडि लैजाने समेत बैंकले लक्ष्य राखेकोमा प्रशंसा गरे ।

परम्परागत प्रविधिको जाँतोमा मासको गेडा पिनेर साधारण सभाको उद्घाटन गरेका सभामुख घिमिरेले बैंकद्वारा प्रकाशित स्मारिकाको विमोचन पनि गरेका थिए । उनलाई बैंकका कार्यकारी अध्यक्ष उप्रेतीले रैथाने खाद्यान्न उपहार दिएर विदाई गरेका थिए ।

बैंकका कार्यकारी अध्यक्ष शंकरनाथ उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा बैंकका प्रवन्ध निर्देशक रामशरण देउजाले बैंकले हाल पश्चिमको बर्दिया र पुर्वको झापा गौरादहमा जग्गा भाडामा लिएर नमुना खेती गरिरहेको जानकारी दिए ।

बैंकका सञ्चालक एवम् निवर्तमान शशसस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी तथा संघ प्रदेश र स्थानीय तह समन्वय विभाग प्रमुख हरिकृष्ण दाहाल लगायतले बोलेका थिए ।