४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

भालुवाङ बस दुर्घटना अपडेट: ५ जनाको मृत्यु, दुई दर्जन घाइते



अ+ अ-

काठमाडौं । नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको बस दाङको भालुवाङस्थित पुलबाट राप्ती नदीमा खस्दा ५ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति करिब १० बजेतिर राप्ती नदीमा खसेको थियो ।

इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । यस्तै २५ जनालाई घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ ।