७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पृथ्वी नारायण शाहको नाम खुसुक्क लिए पनि हल्ला आफैँ हुन्छः दीपकराज गिरी



फाईल फोटो
अ+ अ-

काठमाडौँ । अभिनेता तथा निर्माता दीपकराज गिरीले आज पुस २७ गते अर्थात् पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै अभिनेता गिरीले झूठले चिच्याउनुपरेपनि सत्यले बोले मात्रै पुग्छ भन्दै पृथ्वी नारायण शाहको नाम खुसुक्क लिए पनि हल्ला आफैँ हुने प्रतिक्रिया दिएका छन् ।

उनले भनेका छन् –

झूठले चिच्याउनु पर्छ
सत्यले बोले मात्रै पुग्छ
पृथ्वी नारायण शाहको नाम खुसुक्क लिए पनि हल्ला आफै हुन्छ
जय पुस २७१ जय नेपाल !!

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।