८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड

विधान संशोधनका लागि तल्ला कमिटीबाट सुझाव लिने नेकपा एसको निर्णय

विधान संशोधनका लागि तल्ला कमिटीबाट सुझाव लिने नेकपा एसको निर्णय
अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेकपा(एकीकृत समाजवादी)ले पार्टीको विधान संशोधनका लागि पार्टीका तल्ला कमिटीहरुबाट सुझाव लिने भएको छ ।

एकीकृत समाजवादीको बुधवार बसेको सचिवालय बैठकले पार्टीको विधान संशोधनका लागि पार्टीका तल्ला कमिटीहरु र कार्यकर्ताहरुबाट सुझाव संकलन गर्ने निर्णय गरेको हो । त्यसका लागि गत केन्द्रिय कमिटीको बैठकमा प्राप्त भएको सुझावका आधारमा बनेको विधान मस्यौदा प्रश्तावलाई जिल्लासम्म पठाउने र त्यसैको आधारमा सुझाव लिने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । जिल्लाबाट प्राप्त सुझावका आधारमा पुनः अर्को विधान मस्यौदा बनाएर आगामी माघको १४ र १५ गते बस्ने केन्द्रीय परिषद्को बैठकमा प्रश्तुत गरिने उहाँले जानकारी दिनुभयो ।

बैठकको निर्णय सुनाउँदै उहाँले भन्नुभयो – ‘आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा पार्टीका सम्पूर्ण शक्तिलाई यसैमा केन्द्रित हुन, व्यवस्थापन गर्न, प्रचार गर्न र गठबन्धनका उम्मेदवारहरुलाई जिताउनको निम्ति पार्टीले आव्हान गर्ने निर्णय गरेको छ । माघको १४ र १५ मा पार्टीको केन्द्रिय परिषद्को बैठक बस्दैछौँ । त्यसमा पार्टीको विधान संशोधनका विषयमा छलफल हुनेछ । त्यसका लागि गएको केन्द्रिय कमिटीको बैठकले जे सुझाव संकलन गरेको थियो, संकलन गरेको सुझाव र त्यसका आधारमा एउटा मस्यौदा प्रस्ताव बनाएर ति बुँदाहरु हामीले तल पठाउने निर्णय गरेका छौँ । भोलिदेखि जिल्लाका कार्यकर्ताहरुमा यो पुग्नेछ । कमिटीहरुमा पुग्नेछ । उहाँहरुले सुझाव दिनुहुनेछ । त्यो सुझावको आधारमा हामी फेरि अर्को मस्यौदा प्रश्ताव बनाएर १४, १५ को केन्द्रिय परिषद्को बैठकमा प्रश्तुत गर्नेछौँ ।’

बैठकले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा पार्टीका सम्पूर्ण शक्तिलाई केन्द्रित गराउने निर्णय पनि गरेको छ । निर्वाचनको व्यवस्थापन, प्रचार र गठबन्धनका उम्मेदवारहरुलाई जिताउनको निम्ति आह्वान गर्ने निर्णय पनि गरेको प्रवक्ता खतिवडाले जानकारी दिनुभयो ।