८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड

एमाले नेता माधव ढुंगेलको प्रश्नः कांग्रेस कहाँ छ ?

एमाले नेता माधव ढुंगेलको प्रश्नः कांग्रेस कहाँ छ ?
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का प्रभावशाली नेता माधव ढुंगेलले सरकारले सुशासनको नाममा ठूलो कुरापनि काम भने केही पनि नगरेको आरोप लगाएका छन् । आज (बुधबार) रिपोर्टर्स नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले अहिले देशको आर्थिक अवस्था भयावह भएको टिप्पणी गरे ।

उनले नेपालको विद्युत नीति के हुने ? त्यसबाट जनतालाई कसरी लाभ दिने ? उत्पादन भएको क्षेत्र र ड्याम क्षेत्रका पीडितलाई के राहत दिने ?लगायतका विषय प्रधान हुने बताए । उनले भने,‘नेपालको राष्ट्रियता विद्युतको उत्पादन र त्यसबाट जनतलो पाउने रोयल्टीसँग गाँसिएको छ । सस्तोमा भारतलाई विजुली बेच्ने अनि भारतबाट महँगोमा किन्ने कुरा राम्रो होइन ।’

उनले १० वर्षभित्र १० हजार मेगावाट विजुली भारतलाई बेच्ने सहमतिप्रति आफूहरु सकारात्मक रहेको सुनाए । तर, त्यसबारेमा स्पष्ट व्याख्या गरेर त्यसको उत्पादन, लगानी र नेपाली जनतनाले पाउने रोयल्टीको पार्ट क्लियर गर्नुपर्ने ढुंगेलको भनाई छ ।
उनले सरकारको सुशासन पनि देखिएको भन्दै व्यंग्य कसे । उनले थपे–‘यो सरकार संसद्को गणितअनुसार बनेको हो । यहाँ सरकारले गरेका काम पनि भनियो । भुटानी शरणाथीृको केस शत्रु साँध्ने कुरा जोड्ने सुशासन भन्ने । सत्ता गठबन्धनको ठाउँमा पुगेपछि उहाँ (प्रधानमन्त्री) सल्याकसुलुक्क हुने । बालुवाटार काण्डको विषय पनि त्यस्तै, सत्ता गठबन्धनको ठाउँमा पुगेपछि चुप लागेर बस्ने । घुम्दै फिर्दै बालुवाटार काण्ड सत्ता गठबन्धनका दैलामो आएर टुँग्गिएपछि अनि सुशासन हरायो । यो सरकार विचारको एकताबाट बनेको सरकार हो र ?’

उनले सत्ता गठबन्धनबाट चाहेको रुपान्तरण दिन सकिन्छ भनेर पनि प्रश्न उठाए । उनले भने,‘आजको आर्थिक अवस्था भयावह छ । सहकारी र वित्तिय संस्थाको अवस्था के छ ? नेपालको इकोनोमी कस्तो छ ? विदेश जानेहरुको लामबद्ध छ । मन्त्रीले गाडी चढेकै छन् । मन्त्रालय ओहोरदोहोर गरेकै छन् । मन्त्री क्वार्टरमा बसेका होलान् । तर, राष्ट्रिय पुँजी कमजोर भएको छ । दलाल पुँजीलाई सरकारले प्रमोट गरेको छ । यसरी समाजवादको यात्रा हिँड्छौं भन्नु बेकारको कुरा हो ।’

सो क्रममा उनले अहिले नेपाली कांग्रेस कहाँ छ ? भन्दै प्रश्न गरे । उनले भने,‘सत्तामा कांग्रेस कहाँ छ ? हामीले देखेको छैन् । संसद्मा ठूलो दल त छ । सरकारमा कहाँ छ ? कहाँ विलय भएको छ ? कांग्रेस सुत्छ कि उठ्छ ?’ उनले देश बनाउनको लागि आफूहरुले एकपटक एकल बहुमतको सरकार मागेको पनि स्मरण गराए । उनले भने,‘एकल बहुमतको सरकार दिनुहोस, हामी हाम्रो भीजन र मिशनमा देश कस्तो हुन्छ भनेर देखाईदिन्छौं । आर्थिक समृद्धि र विकासको कुरा गरेका छौं ।’