२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तरपश्चिम पाकिस्तानमा बिस्फोट: ५ जनाको मृत्यु, १४ घाइते



अ+ अ-

एजेन्सी । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सोमवार प्रहरीको गाडी नजिकै भएको बम बिस्फोटमा पाँच प्रहरीको मृत्यु हुनुका साथै कम्तीमा १४ जना घाइते भएको उद्धार र प्रहरी अधिकारीहरूले बताएका छन् ।

प्रदेशको बाजौर जिल्लामा सोमबार बिहान प्रहरीको ट्रकलाई लक्षित गरी बम बिष्फोटक पदार्थ प्रहार भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । जिल्लामा पोलियो खोप दिने टोलीलाई सुरक्षा दिन गएका प्रहरीलाई निशाना बनाइएको प्रहरीले जनाएको छ ।

घटना लगत्तै, उद्धार टोलीसहित प्रहरीको ठूलो टोली सो क्षेत्रमा पुगेको र घाइतेहरूलाई नजिकैको अस्पतालमा सारिएको छ । सुरक्षा बलले उक्त क्षेत्रलाई घेरा हालेर वरपरका क्षेत्रमा खोजी अभियान शुरु गरेको छ । बिस्फोटको जिम्मेवारी कुनै समूह वा व्यक्तिले लिएको छैन ।