२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाले टुंग्यायो राष्ट्रियसभाका लागि १५ उम्मेदवार



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रियसभा चुनावका लागि १५ जना उम्मेदवारको टुंगो लगाएको छ । सातवटै प्रदेशमा उम्मेदवारी दिने हेतुले राप्रपाले नाम छनोट गरेको हो ।

हिजो शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिले उम्मेदवारको नाम टुंग्याएको भए पनि सार्वजनिक गरिएको थिएन ।

कोशी प्रदेशमा उद्धब पौडेल, बागमती प्रदेशमा हेमजंग गुरुङ, नानु नगरकोटी, भरतमणि भट्ट, पूर्णबहादुर विश्वकर्मा, गण्डकीमा गौमाया श्रेष्ठ, रोमबहादुर भण्डारी, लुम्बिनीमा निरञ्जन थापा, बिजयलक्ष्मी सिंह रहेका छन् । यसैगरी मधेश प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा पनि राप्रपाले उमेदवार टुंगो लगाएको छ ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले राप्रपाले सातवटै प्रदेशमा उम्मेदवारी दिने तथा तालमेलका लागि सबैसँग संवादमै रहने जानकारी दिनुभयो ।