१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग

दशैँ—तिहारका लागि ल्याइएका बिक्न बाँकी खाद्यका २० च्याङग्रा कुकुरको टोकाइले मरे

दशैँ—तिहारका लागि ल्याइएका बिक्न बाँकी खाद्यका २० च्याङग्रा कुकुरको टोकाइले मरे
अ अ+ अ-

काठमाडौंं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैँ र तिहारका लागि बिक्री गर्न ल्याएका २० वटा च्याङ्ग्रा मरेका छन् ।

व्यापार कम्पनीले दशैँ तिहार लक्षित ल्याएका च्याङ्ग्रा बिक्री भएका थिएनन् । दशैँ तिहारमा बिक्री नभएर बाँकी रहेका ४७ वटा च्याङ्ग्रामध्ये गएराती २० वटा च्याङ्ग्रा मरेको कम्पनीले बताएको छ । कम्पनीले दशैँ तिहारको लागि उपभोक्तालाई सहुलियत मूल्यमा बिक्री गर्नको लागि ५ सय ४२ वटा च्याङग्रा ल्याएको थियो । बुधवार साँझसम्म स्वास्थ्य अवस्थामा रहेका च्याङग्रा बिहीवार बिहान मरेको अवस्थामा भेटिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रदेश प्रमुख ज्ञानु थापाले बताउनु भयो ।

उहाँले दशैँ—तिहार र छठसम्म कम्पनीसँग बिक्री हुन बाँकी ४७ वटा च्याङ्ग्रामध्ये २० वटा बिहीवार मरेको बताउनु भयो । उहाँले बुधवार साँझ स्वस्थ अवस्थामा रहेका च्याङ्ग्रा आज बिहान मरेको अवस्थामा पाएको बताउनु भयो । उहाँले मरेकामध्ये २ वटाको परीक्षण गर्न प्रयोगशाला पठाइएको बताउनु भयो । उहाँले राति कुकुर छिरेर केही समय च्याङ्ग्रालाई टोकेर पुन: कुकुर बाहिर आएको सिसिटीभी फुटेजमा देखिएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘बुधवार बेलुकासम्म सबै च्याङग्राहरु स्वस्थ नै थिए । राति च्याङ्ग्रा मरेकाले सिसिटिभी फुटेज हेरेर थाहा पाएका हौं । ९ बजे मात्रै खबर भयो । मरेकामध्ये २ वटाको परीक्षण गर्न प्रयोगशाला पठाइएको छ । भेटनरी डाक्टरहरुकाअनुसार कुकुरले टोकेको होकी भन्नुभएको छ । राति १२ बजे दुई तीन वटा कुकुर भित्र छिरेको देखिन्छ । च्याङ्ग्रा ल्याएको तीन महिना भइसक्यो । दशैँको लागि लक्षित गरेर ल्याएको हो । छटसम्म बिक्री गर्दा ४७ वटा च्याङ्ग्रा बाँकी थियो । अघिल्लो वर्ष १६२ वटा मात्रै बिक्री गरेका थियौं । यो वर्ष खरिद सख्या पनि बढी भयो । बजारमा क्रय शक्ति कम भएर पनि होला बिक्री पनि भएको थिएन । २० वटा च्याङ्ग्रा मरेको छ । अब के भएर मेरको रहेछ भन्ने रिपोर्ट आएपछि थाहा हुन्छ । सिसिटिभी फुटेज हेर्दा कुकुर छिरेर टोकेको जस्तो देखिन्छ । किनेको मूल्यभन्दा कममा बिक्री गर्न नमिल्ने कारणले पनि लामो समयसम्म बिक्री नभएको हो । मान्छेसँग पैसाको कमी भएका कारणले पनि लक्ष्यअनुसारको बिक्री भएन र स्टक रह्यो ।’

केन्द्रिय चिकित्सालय त्रिपुरेश्वरमा कार्यरत पशु चिकित्सक एलबी साहीले च्याङ्ग्रा कुकुरको टोकाईबाट मरेको देखिएको बताउनु भयो । उहाँले च्याङ्ग्रालाई कुकुरले घाँटीमा टोकेको जस्तो घाउ देखिएको बताउनु भयो । उहाँले २३ वटा च्याङ्ग्रा मरेको बताउनु भयो । उहाँले १४ वटा च्याङ्ग्रा बिरामी रहेको बताउनु भयो । उहाँले च्याङ्ग्रालाई स्वस्थ कुकुरले टोकेको परीक्षणमा देखिएको बताउनु भयो ।

कम्पनी ल्याएका ५ सय ४२ वटा च्याङ्ग्रा बिक्री हुन नसकेर कम्पनीमा नै राखेको थियो । गत वर्ष १६२ च्याङ्ग्रा खरिद बिक्री भएको आधारमा यो वर्ष बढी च्याङ्ग्रा खरिद गरेपनि अपेक्षाअनुसार बिक्री नहुँदा च्याङ्ग्रा कम्पनीले पालन गर्दै आएको थियो ।