२० मंसिर २०८२, शनिबार
,
Latest
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले रंगभेदी विभेद गर्योः सिके राउत



file photo
अ+ अ-

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले सरकारले मधेसीहरुलाई रंग विभेद गरेको आरोप लगाउनुभएको छ ।

सोमवार माईतीघर मण्डलामा प्रदर्शनका क्रममा पक्राउ परेसँगै प्रहरी हिरासतबाट छुटेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूहरुले निषेधित क्षेत्र नतोडेको बरु कला परिषद्बाटै प्रहरीले आफूहरुलाई धरपकड गरेको बताउनु भयो । उहाँले मन्त्री र सांसदलाई जुनकुनै बेला पनि समात्ने सरकारले जनतालाई कस्तो स्वतन्त्रता दिएको होला ? भन्दै प्रश्नसमेत गर्नुभयो ।

उहाँले सरकारले रंगभेदी विभेद गरेको भन्दै यो कुरा संसद र समितिमा प्रश्तावका रुपमा लैजाने बताउनु भयो । उहाँले मधेसी मुलकी मन्त्री भएकै कारण संघीय मामिता तथा सामान्य प्रशासनमन्त्री अनिता देवीलाई पक्राउ गरेको बताउनु भयो । उहाँले अन्य पार्टीको राष्ट्रिय अध्यक्षलाई यसरी समात्न सक्छ ? भन्दै प्रश्न गर्नुभयो । मधेसी मुलका बाहेकका मन्त्री र अध्यक्षलाई यसरी नै पक्राउ गरेर देखाउन चुनौति दिनुभयो ।

उहाँले भन्नुभयो, ‘आजको दिन हामीले धेरै पहिलादेखि धोती दिवस मनाउँदै आएका छन् र यो दिन देशले राष्ट्रिय पोशाक दिवसका रुपमा मनाउँदै आएको छ । नेपालको संविधान २०७२ ले नेपाललाई बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक राज्यको रुपमा घोषित गरेको छ । जसको जे भेषभुषा हो त्यो मनाउन पाउनुपर्छ भनेर नै मनाइएको हो । त्यही कार्यक्रम रहेको थियो । निषेधित क्षेत्रभित्र गयो भन्ने गलत प्रचार भएको छ, हामीले सांस्कृतिक पहिरन लगाएर एकछिन देखाउने कुरा थियो, हामी निषेधित क्षेत्र भन्दा टाढा आर्ट काउन्सिलनेर जम्मा भएका थियौँ, त्यहाँ नै प्ररहीले धरपकड गरेको थियो । बल प्रयोग गरेको थियो ।

सबैलाई एकाएक समातेर हिरासतमा लिँदा आम जनतालाई कस्तो स्वतन्त्रता होला । मान्य मन्त्रीज्युलाई र सांसदहरुलाई जतिबेला पनि पक्राउ गर्ने हो भने कस्तो खालको प्रहरी प्रशासन छ ? त्यो प्रश्न उठ्छ । यो यतिमै सकिँदैन । हामी संसदमा छलफल प्रश्ताव लग्छौँ । समितिमा पनि प्रश्न उठ्छ । यहाँ कतिसम्म विभेद छ भने कोही जे बोल्दा पनि पक्राउ नपर्ने, मधेस मुलकी महिला मन्त्री बन्दा प्रहरी र नेपाल सरकारको मानसिकता कस्तो छ भने जतिबेला पनि समात्न पायो भनेर देखिन्छ । नभए कुनै राष्ट्रिय अध्यक्षलाई समातेर देखाउन् त, सकिँदैन नि । यो देशमा कस्तो रंगभेद र विभेद छ भने मधेसी पार्टी त हो नि भनेर समातियो । अर्को कुनै मन्त्री समातेर देखाओस् । संयमता लिएको हो, उहाँहरुको दम्भ देखाएअनुसार देशभर आगो बल्थ्यो । आफ्नै सरकारले आफ्नै मन्त्री कतै पक्राउ गर्छ ?’

सरकारले केही नगर्दा पनि आफ्नै मन्त्री पक्राउ गर्नमिल्छ ? भन्दै प्रश्न गर्नुभयो ।