८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड

मुर्छित छिन् सुजनकी आमा

मुर्छित छिन् सुजनकी आमा
अ+ अ-

आइतबार बिहानसम्म पनि उनका लागि छोरा अस्पतालको आईसीयूमा उपचाररत नै थिए। कारण, घरपरिवार र आफन्तले छोराको निधन भएको खबर आमालाई भनेनन्। ललितपुरको बालकुमारीमा प्रहरीको निर्घात कुटपिटबाट महाबु गाउँपालिका–६ का सुजन रावतको गत शुक्रबार नै ज्यान गइसकेको थियो। तर, आमा नन्दा रावत कटुवाललाई छोरालाई आईसीयूमा राखेर उपचार भइरहेको भनिएको थियो।

आफन्त, छरछिमेकी, साथीभाइले आइतबार बिहानसम्म पनि छोराको उपचार भइरहेको छ भनेर सान्तवना दिइरहे। घरमा पुग्नेजत्तिले छोराको उपचार भइरहेको भनेपछि उनको मनमा छोरा बाँच्ने आशाको दियो निभेकै थिएन्। छोरा बाँच्ने आस बाँकी नै थियो। उनी घरमा कोही नयाँ मान्छे आउनेबित्तिकै सोध्ने गर्थिन् ‘मेरो बाबु (छोरा) आईसीयूमा छ र ? ढाटेका हौं कि साँचो हो भनिदेऊ न।’

शृंखलाबद्ध बिपति भोग्दै आएकी नन्दासामु कसैले वास्तविकता बताउन सकेनन्। नन्दाले एक वर्षअघि अर्थात् २०७९ मंसिर २ गते पति भक्तबहादुर रावतलाई गुमाइन्। उनको ब्रेन ट्युमरबाट निधन भएको थियो। पति वियोगमा रहेकी नन्दाले एक महिनापछि आमा गुमाएकी थिइन्। बुबा बितेपछि आमा नन्दा र भाइबहिनीको जिम्मेवारी जेठा छोरा सुजनको काँधमा आएको थियो। नन्दाका भाइ यामराज कटुवालले भान्जाको मृत्युको खबर सुनाउँदा दिदीलाई स्वास्थ्य समस्या हुने डरले भन्न नसकिएको बताए।

‘दिदी सुगर र प्रेसरको बिरामी हुनुहुन्छ, नियमित औषधि सेवन गर्नुहुन्छ, भान्जा सुजनको मृत्यु भयो भनेर भनिहाले दिदीलाई गाह्रो हुन्छ कि भन्ने डरले आइतबार बिहानसम्म आईसीयूमा राखेर उपचार भइरहेको छ भनेर भन्यौं,’ उनले भने। तीन दिनपछि आइतबार बिहान भान्जाको निधन भइसकेको खबर दिदीलाई दिएको यामराज बताउँछन्। ‘छोराको उपचार भइरहेको छभन्दा त उहाँको अवस्था निकै नाजुक थियो, मृत्यु भइसकेको भनेर थाहा पाएपछि सम्हाल्नै गाह्रो भइरहेको छ,’ यामराज भन्छन्। सुजनको आमा, बहिनी र भाइ बोल्नसक्ने अवस्थामा छैनन्। आफन्त र छरछिमेक सबै जम्मा भएर सान्त्वना दिइरहेका छन्।

‘बुबा बिरामी पर्दा धेरै ऋण लाग्यो, घरव्यवहार चलाउन गाह्रो भयो, बुबा बिरामी हुँदा लागेको ऋण तिर्न र घर खर्च जुटाउन कोरिया जान्छु भनेर गएका थियौं, कहाँ गयौं छोरा भन्दै रुनुहुन्छ, बर्बराउनुहुन्छ,’ यामराज भन्छन्, ‘भान्जालाई सडकमा यसरी गुमाउनुपर्दा हामीलाई त पीडा छ भने आमालाई कति पीडा भइरहेको होला भन्ने कल्पना नै गर्न सकिँदैन।’ अन्नपूर्ण पोस्ट