८ भाद्र २०८३, सोमबार
,
Latest
भट्टराईलाई ‘हिन्दूविरोधी’का रूपमा चित्रित गर्ने प्रयासप्रति सचिवालयको आपत्ति इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट चन्द्र नहरलाई ऐतिहासिक सम्पदासँगै आधुनिक सिँचाइ प्रणाली बनाइने मुगुका पत्रकार शाहीलाई झापामा सम्मान विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण हरवाचरवा मुक्तिको चार वर्ष, अधिकारवादी संघसंस्था भन्छन्: समस्या उस्तै जेनजी आन्दोलनमा क्षतिग्रस्त भैंसेपाटी मन्त्रीनिवासको पुनर्निर्माण अन्तिम चरणमा -फोटो फिचर छिर्कनेमा पहिरोले सवारीसाधन आवतजावत गर्न असहज बागमती प्रदेशसभाको बैठक बस्दै : मुख्यमन्त्री थापाले विश्वासको मत लिने बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल सुपर लिगः फाइनल प्रवेशका लागि पोखरा र ललितपुर भिड्दै



अ+ अ-

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत दोस्रो क्वालिफायरमा आज पोखरा थण्डर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ ।

पोखरा र ललितपुरबीचको खेलको विजेताले शनिबार हुने फाइनलमा धनगढी एफसीसँग प्रतिस्पर्धा गर्नेछ । धनगढीले पहिलो क्वालिफायरमा पोखरालाई टाईब्रेकरमा हराएर फाइनलमा स्थान पक्का गरेको थियो ।

पहिलो क्वालिफायरमा धनगढीसँग पराजित भए पनि पोखराले फाइनल प्रवेशका लागि अर्को अवसर पाएको हो । यस्तै, ललितपुरले एलिमिनेटरमा साविक विजेता काठमाडौं रेजर्सलाई ३–० को सहज जित निकाल्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो ।

लिग चरणमा पोखरा र ललितपुरले गोलरहित बराबरी खेलेका थिए । नकआउट खेल भएकोले दुवै टोलीका लागि आजको खेल निकै महत्वपूर्ण छ ।