११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो

डाँडापारिका गाउँमा पूर्वाधार विस्तारले पलायो आशा

डाँडापारिका गाउँमा पूर्वाधार विस्तारले पलायो आशा
अ अ+ अ-

धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लाको विकट डाँडापारिस्थित महाभारत गाउँपालिकामा सडक निर्माण र विद्युत्् विस्तारले केही भए पनि आशा पलाएको छ । स्थानीय सरकारको अघिल्लो कार्यकालमा खोलिएको सडक ट्र्याक र विद्युत्् प्रसारण लाइनका खम्बामा पछिल्लो सयम तार टाँगेर विद्युत् विस्तार हुँदा गाउँमा साँँच्चै विकासको लहर छाएको आभास भएको वडा नं ८ का वडाध्यक्ष टङ्कबहादुर आलेमगरले बताउनुभयो ।

अहिले महाभारत र खानीखोला गाउँपालिकाको अधिकांश क्षेत्रमा सडक ‘ट्र्याक’ र केन्द्रीय विद्युतीकरणको काम भइरहेको छ । बाह्रै महिना सवारीसधान सञ्चालन हुने पक्की सडक, खोलामा पुल र सञ्चार सेवाको विस्तार हुनु अझै सपनाको कुरा भएकोे उहाँको भनाइ थियोे । घर्तीछापमा एउटा मोबाइल टावर र सिन्धुली तथा काभ्रेपलाञ्चोकको सिमाना कोखाजोर खोलामा एउटा पक्की पुल निर्माणका लागि गरिएको मागसमेत सम्बोधन नभएको वडाध्यक्ष आलेमगरको गुनासो थियो ।

“नागरिकको समस्या समाधानका लागि प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रदेश सभासदस्य, प्रदेशमन्त्री, सङ्घीय सांसद, मन्त्री र पार्टीको नेतासम्म पनि हारगुहार गर्दा पनि चासो नदिँदा आश मरेर आएको छ,” उहाँले भन्नुभयो, ‘घर्तीछापमा रहेको मोबाइल नेटवर्कको समस्या, नजिकै सिमानामा जोडिएको सिन्धुलीको हरिहरपुर र महाभारत गाउँपालिका जोड्ने पुल निर्माणका लागि गरिएको माग वर्षौं बितिसक्दा पनि सम्बोधन गरिएन । अरू वडा र पालिकाबाट गर्नुपर्ने विकासका काममा आफूहरुको प्रयास रहे पनि प्रदेश र सङ्घीय सरकारबाट गर्नुपर्ने काममा सधैँ आलटाल नगर्न आग्रह गर्दछु ।”

नेकपा (माओवादी केन्द्र)का स्थानीय सचिव अमर मगरले प्रदेश सरकारले अगाडि बढाएको गौरवको आयोजना बिपी राजमार्गको पिन्थली हुँदै चारकिल्लो–देवीटार–घर्तीछाप–गोकुले–छोटेसाहन–सिक्रेदोभान–भोर्लेनी–झुरझुरेसम्मको जनमुक्ति मार्ग स्तरोन्नति हुँदै आएको देख्दा विकासको गतिले फड्को मार्ने आशा पलाएको बताउनुभयो । “विद्युतीकरणको काम क्रमश: अगाडि बढिरहेको छ, अब छिट्टै यो गाउँपालिका झिलीमिली हुने अवस्थामा छ,” उहाँले भन्नुभयो, “जनमुक्ति मार्गलाई खण्ड–खण्ड गरी बजेट व्यवस्थापन गर्दै कालोपत्रका लागि गरिएको शिलान्यास र बीचबीचमा आवश्यक पक्की पुल निर्माणका लागि गरिएको शिलान्यासले डाँडापारिको समृद्धिको यात्रा अगाडि बढेको पाएको छु । समग्रमा अझै यहाँको विकासलाई द्रुतगति दिनका लागि स्थानीय सरकारदेखि सबै पार्टीपङ्क्ति र नागरिकको उत्तिकै साथ आवश्यक रहेको छ ।”

सोही पालिकाका उपाध्यक्ष सागर मोक्तानले विकटका बासिन्दाका लागि पहिलो विकास सडक भएको र यसले उत्पादनलाई आर्थिक उन्नतिमा जोड्नाका साथै पर्यटकसँग सम्बन्ध विस्तार गर्ने माध्यम हुने भएकाले खोलिसकेको सडक ट्र्याकलाई पक्की बनाउने र पक्की पुल निर्माणको काम अगाडि बढिसकेकाले अब डाँडापारिका बासिन्दा विकासको उपभोग गर्न आतुर रहेको बताउनुभयो ।

पालिका अध्यक्ष कान्छालाल जिम्बाले यहाँको विकासमा निर्माण व्यवसायीले बाधा पुर्‍याएको बताउनुभयो । स्थानीय सरकारको पहलमा योजनाहरु पारेर प्रक्रिया अगाडि बढाए पनि निर्माण व्यवसायीकै कारण समयमा नै काम सम्पन्न नगर्ने र आलटालमै समय बिताउने गरेका कारण नागरिकको विकास उपभोग गर्न पाउने आशालाई निरुत्सहित गर्ने काम भइरहेको गुनासो गर्नुभयो । बजेट पारेपछि काम गर्न आलटाल गर्ने निर्माण व्यवसायीलाई कारबाही गर्न प्रदेश र सङ्घीय सरकारले पहल गरेमा यहाँका नागरिकको चाहना पूरा गर्न सकिने उहाँको भनाइ थियो । स्थानीय तहको सरकारले करिब छ वर्षमा तीन सय ६५ किलोमिटर सडकको ट्र्याक खोलिएको र विद्युत्् विस्तारको काम अन्तिम चरणमा पुर्‍याएको उहाँले बताउनुभयो ।

विसं २०७७ असोज २० गते बागमती प्रदेशका तत्कालीन मन्त्री रामेश्वर फुँयालले स्तरोन्नति गरिएको पिन्थली–चारकिल्ला–तीनखुट्टे–बनखु सडक आयोजनाअन्तर्गत उक्त गाउँपालिकाको तीनखुट्टे–देवीटार सडकखण्ड कालोपत्र शुभारम्भ गर्नुभए पनि अहिलेसम्म अधुरो छ ।

खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले अझैसम्म पनि पक्की पुल र सडक कालोपत्र नहुँदा डाँडापारि क्षेत्रमा बर्खामा छ महिनासम्म यातायातको साधन सञ्चालन हुन नसकेको गुनासो गर्नुभयो । पछिल्लो समयमा पनौती हुँदै बेथानचोकको ढुङखर्क–च्याम्राङबेँसी–ठूलादुर्लुङ–तालढुङ्गा सडकअन्तर्गत खानीखोला गाउँपालिका–५ र ६ जोड्ने पक्की पुल शिलान्यासले थप आशा पलाएको र अब छिट्टै दुर्लुङ खोलामा पनि पक्की पुल निर्माण हुन लागेकाले डाँडापारिका बासिन्दालाई सहज हुने अपेक्षा गरिएको बताउनुभयो ।

बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्नुभएका स्थानीयवासी रत्नप्रसाद ढकालले डाँडापारि क्षेत्रको भौतिक पूर्वाधार विकाससँगै शिक्षा, स्वास्थ्य, पर्यटन र कृषि क्षेत्रमा बिस्तारै काम गर्दै अगाडि बढिरहेकाले यहाँ विकासको लहर बढ्दै गएको छ भन्नुभयो । वर्षौंसम्म जनुमक्ति मार्गले नछोएको ग्रामीण भेगका बस्तीमा बिस्तारै आवश्यकताका आधारमा योजनाहरुलाई अगाडि बढाउने अभियानमा बागमती प्रदेश सरकार रहेको उहाँको भनाइ थियो ।

बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले आवश्यकताका आधारमा बजेट विनियोजन गरी थालनी गरेको विकासका आयोजनाले दूरदराजका गाउँमा पनि विकासको लहर फैलिँदै गएको बताउनुभयो । “प्रदेश सरकारले ग्रामीण क्षेत्रलाई केन्द्रित गरेर पूर्वाधार निर्माणको कामलाई तीव्रता दिएको छ ।” उहाँले भन्नुभयो, “बिपी राजमार्गको पिन्थलीदेखि डाँडापारिका दुई पालिका हुँदै मकवानपुर जिल्लाको झुरझुरेसम्म जनमुक्ति मार्ग निर्माणको काम अघि बढिसकेको छ । यसमा साथ र सहयोग दिन ढिलासुस्ती तथा अनियमितता गर्न खोजेमा खबरदारी गर्न स्थानीयवासीलाई आग्रह गर्छु ।”

पछिल्लो चरणमा उक्त सडकखण्डको बनखु खोलामा पुल निर्माणका लागि रु सात करोड सात लाख ९९ हजार नौ सय ४६ मा ठेक्का आह्वान गरेर काम अगाडि बढाइसकिएको छभने सडक स्तरोन्नतिका लागि रु ३९ करोड ७४ लाख ५५ हजारमा निर्माण व्यावसायीलाई ठेक्का दिएर निर्माण कार्य अगाडि बढाइएको छ । यता जिल्लाको पनौती हुँदै बेथानचोकको ढुङखर्क–च्याम्राङबँेसी–ठूलादुर्लुङ–तालढुङ्गा सडकअन्तर्गत खानीखोला गाउँपालिका–५ र ६ जोड्ने पक्की पुलका लागि रु पाँच करोड ८२ लाख ९७ हजार पाँच सय ६५ विनियोजन गरी निर्माण कार्य अगाडि बढाइको छ । रासस