२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूकम्प पीडितलाई ८ सय थान विन्टराइजेशन टेन्ट वितरण



अ+ अ-

काठमाडौँ । सेभ द चिल्ड्रेनले जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडतहरुका लागि ८ सय थान विन्टराइजेशन टेन्ट वितरण गरेको छ ।

सेभ द चिल्ड्रेनले जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित ८ सय घरपरिवारका लागि विन्टराइजेशन टेन्ट वितरण गरेको हो । गत मंसिर २२ गते युरोपेली संघले सेभ द चिल्ड्रेनलाई जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरुलाई वितरण गर्नका लागि ८०० थान विन्टराइजेशन टेन्ट प्रदान गरेको थियो । सोही टेन्ट प्रभावितहरुलाई वितरण गरिएको हो ।

यी विन्टराइजेशन टेन्टहरु अरु सामान्य टेन्टहरुभन्दा फरक तथा चिसो मौसमलाई लक्षित गरी विशेष तवरले बनाइएको आगो नलाग्ने, पानी नपस्ने र चुल्होयुक्त रहेको जनाइएको छ । प्रत्येक टेन्टले प्रयोगकर्तालाई २३ वर्गमिटरको बासस्थल प्रदान गर्ने बताइएको छ । सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सेभ द चिल्ड्रेन फिल्ड अफिस सुर्खेतका प्रमुख रत्नराज ओझाले आफूहरुले वितरण गरेको टेन्ट जाडो मौसमका लागि राम्रो टेन्ट भएको बताउनु भयो ।

उहाँले जाजरकोट र रुकुमपश्चिमका ५ वटा पालिकाका ८ सय परिवारका लागि ८०० वटा टेन्ट वितरण गरिएको बताउनु भयो । उक्त टेन्ट २ वर्षभन्दा मुनिका बालबालिका भएको घर, ५ महिनाभन्दा माथिको गर्भवती भएको घर, क र ख वर्गमा पर्ने अपांगता भएका व्यक्तिहरुका घरहरु र बस्न लायक नभएका घरहरुलाई लक्षित गरेर टेन्ट वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

सोमबार नेपाल सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले जाजरकोटको भूकम्प प्रभावित क्षेत्रको भ्रमण गरी सेभ द चिल्ड्रेनले गरिरहेको गतिविधिहरुको अवलोकन पनि गर्नुभएको छ । उहाँले जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं. १ रावतगाँउ स्थित सेभ द चिल्ड्रेनद्वारा जारी भूकम्प प्रतिकार्य कार्यक्रम क्षेत्रहरुको भ्रमण गर्नुभयो । प्रमुख ओझाले भूकम्पपश्चात सेभ द चिल्ड्रेनले बालबालिका र उच्च जोखिममा रहेका व्यक्तिहरुको संरक्षण गर्न भूकम्प प्रभावित समुदायहरुको लागि अस्थायी बासस्थल निर्माण, विन्टराइजेशन टेन्टहरु वितरण, मनोसामाजिक सहयोग र बालबालिकाको लागि वैकल्पिक शिक्षा तथा बाल हेरचाह केन्द्र सम्बन्धी सहयोग प्रदान गर्दै आएको जानकारी दिनुभयो । उहाँले आगामि दिनहरुमा पनि भूकम्प प्रभावितहरुका लागि लक्षित गरि काम गर्ने बताउनु भयो ।