११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो

पूर्वाधार र उत्पादन बढ्दा पनि घटेन बसाइँसराइ

पूर्वाधार र उत्पादन बढ्दा पनि घटेन बसाइँसराइ
अ अ+ अ-

गलेश्वर । म्याग्दीको सदरमुकाम र नगरपालिकाका साथै पाँचवटै गाउँपालिकामा विकासका सम्पूर्ण पूर्वाधार पुगेका छन् । कृषि उत्पादनमा गाउँ आत्मनिर्भर बन्दै गएका छन् । स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा समेत डिजिटल एक्स–रे सेवा उपलब्ध छ । गाउँ नजिकै विद्यालय छन् । सञ्चार, खानेपानी, सिँचाइलगायतका सुविधा वृद्धि हुँदै गए पनि उपयोग गर्ने मानिस भने घट्दै गएका छन् ।

ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थीको सङ्ख्या अत्यन्त न्यून हुँदै गएको छ । स्वास्थ्य चौकीमा सेवा लिने बिरामी पनि घट्दै गएका छन् । पछिल्लो एक दशकयता जिल्लाका ग्रामीण क्षेत्रमा जतिजति पूर्वाधारको विकास भए पनि बढी बसाइँसराइ गरेर बाहिर जानेहरुको सङ्ख्या पनि बढ्दै गएको छ ।

गाउँपालिकाले किसान लक्षित कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन र व्यवस्थापनमा महत्व दिन थालेपछि कृषि उत्पादन पनि बढ्दै गएको छ । छवटै स्थानीय तहममा कृषि उत्पादन वृद्धि हुँदै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

एक/डेढ दशकअघिसम्म ‘गाउँमा अभाव छ, अवसरै छैन’ भन्ने मानसिकता रहेकामा अहिले विकासको पूर्वाधार बढे पनि सुविधाको उपयोग गर्ने जनता भने घट्दै गएका मालिका गाउँपालिका– २ का वडासदस्य भक्तबहादुर पुन बताउनुहुन्छ ।

गत वर्ष साउनदेखि चैत मसान्तसम्म जिल्लाका एक हजार ९१ घर परिवार अन्य ठाउँमा बसाइ सरेको स्थानीय तहहरुको तथ्याङ्कले देखाएको छ । एक नगरपालिका र पाँच गाउँपालिका गरी छ वटा स्थानीय तहबाट एक हजार ९१ जना बसाइँसराइ गरी काठमाडौँ, पोखरा, चितवन, नवलपुर, बुटवललगायत ठाउँमा गएका हुन् । स्थानीय तहको पञ्जीकरण शाखाका अनुसार गत आर्थिक वर्षको वैशाख पहिलो सातासम्ममा बेनी नगरपालिकाबाट दुई सय ४२, रघुगङ्गा गाउँपालिकाबाट एक सय १४, मङ्गला गाउँपालिकाबाट एक सय ६०, मालिका गाउँपालिकाबाट एक सय २४, धौलागिरि गाउँपालिकाबाट तीन सय चार र अन्नपूर्ण गाउँपालिकाबाट एक सय ४७ गरी एक हजार ९१ घर परिवार बसाइँसराइ गरेका थिए ।

“गाउँमा जतिजति विकासका पूर्वाधार थपिदै गए त्यति त्यति बस्ती खाली हुँदै जान थाले, यस्तो अवस्था किन उत्पन्न हुँदैछ भन्ने विषयमा सरोकारवालाहरुको ध्यानाकर्षण हुन जरुरी छ”, दरबाङका बालकृष्ण शर्मा भन्नुहुन्छ, “गाउँमा सुन्दर प्रकृति, आवश्यक विकास र थुप्रै अवसर सबै छन् । विकास र अवसरलाई सदुपयोग गर्ने युवा छैनन् ।” सदरमुकाम बेनीबजारसँगै जोडिएको बेनी नगरपालिका–२ स्थित बगरफाँट गाउँको स्थिति यस्तै छ । राजनीति गर्ने नेताहरुदेखि लिएर पढेलेखेका र निजामती सेवाको उपल्लो तहमा पुगेका मानिसको पुख्र्यौली यो गाउँ अहिले बसाइँसराइका कारण रित्तिँदै जान थालेको छ ।

यहाँका अधिकांश युवा विदेशमा छन् । गाउँमा बाँकी रहेका र उमेर पुगेका युवा पनि विदेश जाने तयारीमा छन् । अमेरिका, अष्ट्रेलिया, क्यानडा, जापानदेखि लिएर युरोप र खाडी मुलुकसम्म यहाँका युवाको गन्तव्य हुने गरेको छ । गाउँ सुन्दर छ । सुगम छ । विकासका सबै पूर्वाधार यहाँ उपलब्ध छन् । गाउँको शिरानमा जङ्गल, पुछारमा म्याग्दी नदी र बीचमा समथर उर्बर फाँट छ । विदेशबाट रेमिट्यान्स आउँछ तर काठमाडौँ, पोखराजस्ता सहरमा घरघडेरीका लागि जान्छ । गाउँको जमिनमा लगानी गर्ने, उत्पादन र बिक्री गर्नेतर्फ कसैको ध्यान नजाँदा कतिपय उर्वर जमिन पाखोमा परिणत भएको छ । थोरै जमिनमा गरिएको खेतीले नै यहाँका स्थानीयलाई पुगेपछि अरु जमिन बाँझै छोडिएको छ ।

गाउँमा जतिजति विदेशी आम्दानी भित्रिँदै छ त्यति नै बढी परनिर्भरता पनि बढ्दै गएको छ । यो बगरफाँट गाउँको मात्र अवस्था होइन म्याग्दीका प्राय: सबै गाउँको यही अवस्था रहेको छ ।
बगरफाँटका बेदप्रसाद उपाध्याय गाउँका खेतबारी बाझिँदै गएकामा चिन्तित हुनुहुन्छ ।

पशुपालन घट्दै गएको छ । व्यावसायिकरुपमा केही युवाले गरेको कृषि पेसा रहरलाग्दो देखिए पनि उत्पादित कृषिउपजले राम्रो बजार पाउन नसक्दा कृषि पेसाप्रति नै वितृष्णा उत्पन्न हुन थालेको व्यावसायिक कृषकहरुले बताउन थालेका छन् । वार्षिक करोडौँ रुपैयाँको आयातित तरकारी खपत हुने म्याग्दीमा स्थानीय उत्पादनले लागतअनुसारको मूल्य नपाउँदा कृषक निरास भएका अगुवा कृषक चन्द्रबहादुर कार्की बताउनुहुन्छ ।

“बारीभरी बन्दा र टमाटर छन्, तर मूल्य छैन । बाहिरबाट आएको तरकारी सस्तोमा पाइन्छ तर यहाँको प्राङ्गारिक उत्पादनलाई व्यापारीले सस्तोमा खोज्छन्”, उहाँको गुनासो छ । बसाइँसराइको मुख्य कारण गाउँमा सुविधाको कमी र अवसरको अभाव नभएर सुखसुविधा र जीवनशैली नै भएको सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तिको भनाइ छ । नेपाल कांग्रेसका जिल्लासचिवसमेत रहनुभएका क्या मीनबहादुर कार्कीले गाउँमा अब अवसरै अवसर र सुविधै सुविधा छ तर ती अवसर र सुविधाभन्दा बढी अवसर र सुविधाको खोजीमा बसाइँसराइ गरी अन्य ठाउँमा जानेक्रम नरोकिएको बताउनुहुन्छ । रासस