११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो

ध्यान शिविरहरुका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य: योगेश भट्टराई

ध्यान शिविरहरुका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य: योगेश भट्टराई
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का सचिव एवं पूर्वमन्त्री योगेशकुमार भट्टराईले ध्यान शिविरहरुका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य भएको बताउनुभएको छ ।

नागपुरको रेसिमबाग मैदानमा सञ्चालित ध्यान शिविरमा सहभागी हुँदै उहाँले ध्यान शिविरहरु नेपालमा पनि सञ्चालन गर्न आवश्यक रहेको बताउनु भयो । सचिव भट्टराईले सो शिविरलाई हिमालय ध्यान शिविरको रुपमा चित्रण गर्दै त्यस्तो ध्यान शिविर नेपालमा पनि सञ्चालन गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भएको छ । हिमालय क्षेत्रबाट नै सो शिविर प्रादुर्भाव भएकाले नेपाल यसको पेटेन्ट राईट मुलुक भएको जिकिर समेत गर्नुभयो । उहाँले त्यस्ता खालको ध्यान शिविरहरुमा लागि नेपाल विश्वकै सुन्दर ठाउँ भएकाले नेपालले पनि त्यस्ता सामुहिक ध्यान शिविर सञ्चालन गर्दै अघि बढ्नसक्ने समेत बताउनु भयो ।

सचिव भट्टराईले भन्नुभयो, ‘मानव जातीले आफ्नो ज्ञानको क्रममा ८ सय वर्ष अगाडि हिमालय पर्वतमालाबाट शुरु यो यो ध्यान शिविर, जसलाई हामीले हिमालय ध्यान शिविर भनेका छौं । यो एउटा मानव जातिका लागि अद्वितीय उपहार हो । यो ध्यान शिविरमा प्रख्यात हुनुहुन्छ शिव कृपानन्द स्वामी । उहाँले समेत हिमालय क्षेत्रमा आफूले ध्यान गरेर थुप्रै अनुभवहरु प्राप्त गर्नुभएको छ । र नेपालको रसुवा जिल्लाको शिवु गाउँमा एउटा गुफाबाट शुरु भएको यो ध्यान शिविरले आज विश्वका ७० भन्दा बढी मुलुकहरुमा प्रभाव छोडेको छ । र नेपाल पनि त्यसको एउटा भाग बनेको छ ।’

‘र अहिले भारतको नागपुरमा जुन यो ध्यान शिविर चलिराखेको छ । यो विशेष गरेर हिमालय ध्यान शिविर नै हो । र हिमालय क्षेत्रबाट नै यसको प्रार्दुभाव भएको हुनाले नेपाल एउटा एक किसिमले भन्ने हो भने पेटेन्ड राईट भएको मुलुक पनि हो । त्यसो हुँदा नेपालमा पनि नीति निर्माण गर्ने सांसदहरु, देशलाई नेतृत्व गर्ने मन्त्रीहरु, प्रधानमन्त्रीहरुदेखि लगायत सबैले यो ध्यान शिविरमा बस्न आवश्यक छ । र नेपालमा पनि यस्तो ध्यान शिविर सञ्चालन गर्नुपर्ने आवश्यक्ता छ । भोलिका दिनमा नेपालमा पनि विश्वका धेरै मानिसहरुलाई ध्यान शिविरमा हामी सहभागी गराउँदै नेपाल एउटा आफैंमा मेडिटेशन गर्न सबैभन्दा विश्वको सुन्दर ठाउँ पनि हो । मेडिटेशनका लागि उपयुक्त ठाउँहरु नेपालमा छन् । त्यसकारण भोलिका दिनमा हामी नेपालमा पनि एउटा सामुहिक ध्यान शिविरलाई सञ्चालन गर्दै अगाडि बढ्न सक्छौं ।’

गत पुस ३ गतेबाट शुरु भएको सो ध्यान शिविर १० दिनसम्म चल्नेछ । ७० राष्ट्रका करिव १ लाख ५० हजार साधकहरुको सहभागिता रहेको बताइएको सो शिविरमा गुरु शिव कृपानन्द स्वामीले प्रवचन दिइरहनु भएको छ ।