२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा डिजिटलाइजेशनको विकल्प छैन: गभर्नर अधिकारी



अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा डिजिटलाइजेशनको विकल्प नभएको बताउनुभएको छ ।

आईतवार नेपाल क्लियरिङ हाउसको १५ औं वार्षिकोत्स्व समारोहलाई काठमाडौंमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले डिजिटलाइजेशनले समाजमा सुशासन ल्याउनदेखि नोटको प्रयोगबाट हुनसक्ने विकृतिहरु हटाउने र अरु खालका विकृतिहरु हटाउँदै लैजाने बताउनु भयो ।

उहाँले डिजिटलाइजेशनले आर्थिक पारदर्शिता बढाउने र आर्थिक प्रणाली अझ बलियो बन्दै जाने दाबी गर्नुभयो । नेपालमा डिजिटलाइजेशन प्रणालीको बिस्तार बढीरहेको र अहिलेसम्मको प्रगतिबाट गर्व गर्नुपर्ने बताउनु भयो । आम नागरिकहरु पनि चाँडो भन्दा चाँडो डिजिटल पेमेण्टमा जानुपर्ने बताउनु भयो । उहाँले फाइनान्सियल क्षेत्र परिवर्तनकारी क्षेत्र भएकाले यसलाई अझ बलियो बनाएर लैजानुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘फाइनान्सियल सेक्टरले धेरै ठूलो परिवर्तन गरेको छ । जसरी नेपालमा राजनीतिक परिवर्तन ठूलो भयो भनिन्छ, भएको पनि छ । त्यसैगरी फाइनान्सियल सेक्टरहरु परिवर्तनकारी सेक्टर हो । हामीले एकदमै स्पष्ट रुपमा देख्न सक्छौँ । हामीले डे टु डे लाइफमा पनि पाइरहेका छौँ । एक खालको इकोसिस्टम हामीले सोचेको भन्दा पनि चाँडो बन्दै गइरहेको छ डिजिटल पेमेण्टमा । हामीले क्यासै बोकेर हिँड्नुपर्दैन अहिले । त्यसमा हामीले गर्व गर्नुपर्छ । हामी सबैको सहयोग छ, आफ्नो ठाउँमा । टु थर्ड हाम्रो पपुलेशन मोबाइल बैंकिङ युजर हुनुुहुन्छ । यो निकै ठूलो परिवर्तन हो । यसलाई हामीले जोगाएर लैजानुपर्छ र यसलाई थप जोड दिनुपर्छ । डिजिटलाइजेशनको अरु विकल्प छैन, यसले समाजमा सुशासन ल्याउँछ, अरु खालका विकृतिहरु हटाउँदै लैजान्छ । क्यास प्रयोग गरेर हुनसक्ने विकृतिहरु यसले घटाउँदै जान्छ । यसले पारदर्शिता बढाउँछ । डिजिटल कारोबार भइराख्दा डेटाबेस बन्दै जान्छ, स्ट्रङ हुँदै जान्छ । कुनैपनि कस्टमरको बारेमा अध्ययन गर्नुपर्दा बैंकलाई काम लाग्छ । हामी जाने यही सिस्टम नै हो, डिजिटलाइजेशन नै हो, लेस क्यास नै हो ।’

गभर्नर अधिकारीले सबै सरोकारवाला संस्था र क्षेत्रहरु लाग्ने हो भने अरु मुलुकले झैँ समग्र अर्थतन्त्रलाई डिजिटलाइजेशन गर्न सकिने बताउनु भयो ।