२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गणतन्त्रलाई कमजोर पार्ने काम भइरहेको छ: देउवा



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रलाई कमजोर पार्ने काम भइरहेको बताउनुभएको छ ।

आईतवार पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई शताब्दी जन्मदिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले गणतान्त्रिक लोकतन्त्रको सुदृढीकरण गर्दै अघि बढ्न आवश्यक रहेको बताउनु भयो । उहाँले राजनीतिक दलहरुले यसबारेमा विशेष जोड दिइ गम्भीर बन्नुपर्ने बताउनु भयो । उहाँले नेता स्व. भट्टराई कुनैपनि बद्नामले नछोएको व्यक्ति भएको बताउनु भयो । उहाँले नेता भट्टराईको खोनिनीति गरी पुस्तक लेख्नुपर्ने र सबैलाई बुझाउन सक्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘भट्टराईजीका बारेमा जति बोलेपनि पुग्दैन । उहाँ निर्लोभी, कुनैपनि बद्नामले नछोएको व्यक्ति, अत्यन्त त्यागी व्यक्ति हुनुहुन्थ्यो । वास्तवमा उहाँको विषयमा खोजिनीति हुनुपर्छ । उहाँको विश्लेषण हुनुपर्छ । उहाँको कुरा कितावमा लेख्नुपर्छ । यो कुरामा हामी लागेका छौँ । कृष्णप्रसाद भट्टराई देखाएको बाटोमा हाम्रो पार्टीलाई हिँडाउन सकेको खण्डमा अवश्य पनि मलाई विश्वास छ । हाम्रो पार्टी प्रजातन्त्रप्रति आस्थावान मात्रै होइन, प्रजातन्त्रलाई अझ सुदृढ गर्दै लगेर, गणतन्त्रलाई सुदृढ गर्दै लैजानका लागि र यो अहिले पनि विभिन्न किसिमका कुराहरु आइरहेका छन् । अहिले पनि गणतन्त्रलाई कमजोर गर्नेकुरा भइरहेको छ । यस्ता विषयमा हामीले ध्यान दिनुपर्छ । गणतान्त्रिक लोकतन्त्रको सुदृढीकरण गर्दै अघि बढ्न हाम्रो मुख्य बाटो हो ।’

सभापति देउवाले कृष्णप्रसाद भट्टराई देखाएको बाटोमा हाम्रो पार्टीलाई हिँडाउन सकेको खण्डमा प्रजातन्त्र झनै सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।