२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शक्ति बाँडफाँडको नाममा सम्हाल्नै नसक्ने गरी अधिकार दिनु उचित हुँदैन: केपी ओली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्र भित्र लोकतान्त्रिक संरचना र संयन्त्र कार्यान्वयन हुनुपर्ने बताउनुभएको छ ।

नेकपा एमालेले सञ्चालन गरेको मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प यात्राको उपलब्धिका सम्बन्धमा आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित सञ्चारकर्मीसँगको संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले लोकतन्त्र व्यापक प्रणाली र संघीयता त्यसको एउटा पक्ष भएको बताउनुभयो ।

यात्राको क्रममा जनताले लोकतन्त्रको पक्षमा दृढता राखेको पाइएको ओलीको भनाइ छ । ‘ लोकतान्त्रिक व्यवस्थाको विषयमा आजको नेपाली जनता सचेत छ’, ओलीले भन्नुभयो । लोकतन्त्रलाई बलियो र संस्थागत बनाउन सबै लाग्नु पर्नेमा ओलीले जोड दिनुभयो । आफूहरू त्यसमा निरन्तर लागिरहेको उहाँले बताउनुभयो ।

कुनै ठाउँमा नामका विषयमा वा अन्य विषयसँग जोडेर लफडा गरिएको बताउँदै ओलीले त्यस विषयमा बसेर छलफल गर्नुपर्ने बताउनुभयो । राज्यलाई कमजोर बनाउने विभिन्न काम भइरहेको अवस्थामा कसलाई कति शक्ति दिने र शक्तिको बाँडफाँड कसरी गर्ने भन्ने विषयमा छलफल गरेर टुङ्गोमा पुग्नु पर्नेमा ओलीले जोड दिनुभयो ।

शक्ति र श्रोतको बाँडफाँडको सबन्धमा सम्हाल्नै नसक्ने गरी अधिकार दिन नहुने उहाँको सुझाव छ । यस विषयमा सोचेर निर्णय गर्नुपर्ने ओलीले बताउनुभयो । अहिले शिक्षा लगायतको क्षेत्रमा केही समस्या देखिएको उहाँको भनाइ छ ।