५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

घले समूहले १३८ किलो सुन विमानस्थलबाट भित्र्याइसकेको छानबिन समितिको निष्कर्ष



फाईल फोटो ।
अ+ अ-

काठमाडौं । १४ केजी सुन प्रकरणमा पक्राउ परेका चन्द्रबहादुर घलेले यसअघि पनि सुन ल्याउने गरेका छानबिन समितिले बताएको छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरनमा पत्रकार सम्मेलन गर्दै समितिले गरोहले १ सय ३८ केजी सुन नेपाल भित्र्याइसकेको निष्कर्ष निकालेको हो ।

मङ्सिर २१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुबईबाट ल्याईएको १४ किलो सुनसहित गोरखा बारपाक घर भएका ४५ वर्षीय चन्द्र घले पक्रउ परेका थिए । त्यसपछि छानबिन समिति गठन भएको थियो ।

त्यसबारे छानबिन गर्न गठित समितिले छानबिन प्रतिवेदन सार्वजनिक गर्दै १३८ केजी सुन नेपाल भित्र्याएकोमा १४ केजी मात्रै बरामद गरिएको जनाएको छ ।

समितिका अनुसार मीनबहादुर घलेले दुबईमा बस्ने गरेका भारतीय नागरिकसँग मिलेर सुन तस्करी गर्ने गरेका थिए। मीनबहादुर स्वयं, चन्द्र र कृष्णकुमार श्रेष्ठले भरिया बनेर सुन ल्याउने गरेको पाइएको छ ।

समितिको अनुसार एयरपोर्टमा सेटिङ मिलाउन मीनबहादुरले दानबहादुर गुरुङलाई प्रयोग गर्ने गरेको र एयरपोर्टबाट सुन बाहिर निकाल्न नागरिक उड्डयन प्राधिकरणका कर्मचारी राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेकबहादुर तामाङ, अवकाशप्राप्त भई करारमा कार्यरत रमेश देउला, पलम्बर शेरबहादुर बस्नेत र कार्यालय सहयोगी अनिल श्रेष्ठले सहयोग गर्ने गरेको बताएको छ ।




भर्खरै