• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधान सिफारिस ★   टी-२० विश्वकप खेल्ने राष्ट्रिय खेलाडीलाई जनही १३ लाख पुरस्कार ★   पदयात्रा गरी बिदा मनाउने स्थलका रुपा परिचित हुँदै वाग्द्वार ★   सरकारले केही व्यापारिक घरानाले कर छल्न सक्नेगरी बजेट ल्यायो: डा. आरजु राणा ★   सलमान खानको अपार्टमेन्ट बाहिर फाईरिङ​ भएको घटनामा थप एक जना पक्राउ ★   प्रधानमन्त्रीसँग सिपिपिसिसीका उपाध्यक्षको शिष्टाचार भेट ★   मुलुक बाहिर बसेर आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन गैर आवासीय नेपालीलाई महासंघ… ★   नर्वेद्वारा युक्रेनलाई १० करोड ३० लाख डलर सहयोग ★   मेलाबाट भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण ★   गजुरीदेखि चौतारा जोड्ने सडक कालोपत्र सुरु

उक्साएमा शत्रुमाथि परमाणु हमला गर्ने किमको धम्की



एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनले एउटा यस्तो अभिव्यक्ति दिएका छन् जसले विश्वलाई नै स्तब्ध बनाएको छ ।

यो जानकारी बिहीबार एक मिडिया रिपोर्ट मार्फत आएको छ जुन उत्तर कोरियाका नेताले भनेका थिए कि उत्तर कोरियाले कुनै पनि शत्रुले आणविक हतियारलाई उक्साएमा परमाणु हमला गर्न हिचकिचाउने छैन ।

केसीएनए समाचार एजेन्सीले हालै अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइलको प्रक्षेपणलाई लिएर किमले सेनासँग भेट गरेको बताएको छ । भेटका क्रममा उनले यस्तो बताएका हुन् ।

उत्तर कोरियाले सोमबारको मिसाइल प्रक्षेपणमा ठोस इन्धनमा आधारित इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल (आईसीबीएम) प्रयोग गरेको छ । जापानले यो प्रक्षेपणप्रति चिन्ता व्यक्त गरेको थियो ।

अमेरिका र दक्षिण कोरियाले मिलेर परमाणु योजना बनाएको देखेर उत्तर कोरियाले यी प्रक्षेपणमार्फत शक्ति प्रदर्शन गरिरहेको बताइएको छ । हालै अमेरिका र दक्षिण कोरियाका सैनिकले संयुक्त अभ्यासमा भाग लिएको बताइएको छ ।

अमेरिका, दक्षिण कोरिया र जापानका शीर्ष कूटनीतिज्ञहरूले बुधबार उत्तर कोरियाले हालै गरेको ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपणको निन्दा गर्दै उत्तरलाई पूर्व शर्त बिना ठोस वार्तामा संलग्न हुन आग्रह गरेका छन् ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले भने, ‘संयुक्त राज्य अमेरिका, जापान र दक्षिण कोरिया उत्तर कोरियाले सामूहिक विनाशका अवैध हतियार (डब्ल्यूएमडी) र ब्यालिस्टिक मिसाइल कार्यक्रमको निरन्तर विकासको विरोधमा एकसाथ खडा छन् ।’