२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बैंकमा साढे १२ खर्ब तरलता, उत्पादनमूलक क्षेत्रमा लगानी सुस्त News Polar कांग्रेस महाधिवेशन : मधेशी खुलातर्फ अनिल रुंगटा पहिलो स्थानमा News Polar बूढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार News Polar चार दिनमै सुनको मूल्य ८ हजारभन्दा बढीले घट्यो News Polar शिक्षा बजेटमा प्रदेशको हिस्सा बढाउने तयारी, पूर्वाधार मूल्याङ्कन सुरु News Polar करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्ट गर्ने अन्तिम म्याद असोज ३१ News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला

नारायणघाट–बुटवल सडक खण्डको निर्माण तोकिएको समयमा गर्न निर्देशन

नारायणघाट–बुटवल सडक खण्डको निर्माण तोकिएको समयमा गर्न निर्देशन
अ अ+ अ-

काठमाडौं । संसदीय समितिले निर्माणाधिन नारायणघाट–बुटवल सडक खण्डको निर्माण कार्य तोकिएकै समय भित्र सम्पन्न हुनेगरी काम अगाडी बढाउन सरकारलाई निर्देशन दिएको छ ।

प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको शुक्रबार बसेको बैठकले नारायणघाट–बुटवल सडक खण्ड आयोजनाको निर्माण कार्य तोकिएको समयभित्रै सम्पन्न हुने गरी शुरु गर्न नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो । 

पूर्वतयारी बिना काम अगाडी बढाएको निष्कर्ष निकाल्दै समितिले सबै प्रक्रिया पुरा गरी तोकिएकै समयभित्र निर्माण कार्य सम्पन्न गर्नेगरी काम शुरु गर्न निर्देशन दिएको हो । समितिले नेपालमा सञ्चालनमा रहेका आयोजनाहरुको होडिङ बोर्ड लगायतका डकुमेन्टहरु अंग्रजी भाषामा हुँदा आम नागरिकले नबुझ्ने भएकाले नेपाली भाषामा लेख्ने व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको छ । 

बैठकका निर्णयहरु सुनाउँदै समिति सभापति कल्याणी कुमारी खड्काले भन्नुभयो ‘पूर्वपश्चिम राजमार्ग नेपालको लाइफलाइन भएको र यस राजमार्गबाट ठूलो मात्रामा यात्रुहरु आवत् जावत् गर्ने भएको हुँदा यस खण्ड अन्र्तगत पर्ने निर्माणाधिन नारायणघाट–बुटवल सडक खण्ड आयोजनाको काम पूर्वतयारी बिना अगाडी बढाइएको तथा न्युन क्षमताका निर्माण व्यवसायीबाट काम भइरहेकोले आयोजना समयमा सम्पन्न हुन नसक्दा यात्रुहरुले अनावश्यक रुपमा सास्ती बेहोर्नु परिरहेकाले गुणस्तरीय रुपमा तोकिएको समयमा आयोजना सम्पन्न हुनेगरी कार्य अगाडी बढाउन समिति नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन गर्दछ । 

नेपालमा सञ्चालन हुने गरेका कतिपय सडक आयोजना तथा अन्य भौतिक पूर्वाधारका आयोजनाहरुको होर्डिङ बोर्ड तथा त्यस्ता आयोजनाहरुको बारेमा लेखिएका डकुमेन्टहरुमा अंग्रेजी भाषा परेको पाइएको हुँदा आयोजनाका बारेमा लेखिएका डकुमेन्टहरु आम नागरिकले स्पष्ट बुझ्ने गरी नेपाली भाषामा पनि लेख्ने व्यवस्था गर्नु, गराउन समिति नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन गर्दछ ।’

समितिले समितिमा रहेका सांसद र कर्मचारीले निकट समयमा नारायणघाट–बुटवल सडक खण्डको स्थलगत अवलोकन भ्रमण गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी पूर्वाधार विकास आयोजनाका सम्बन्धमा समितिमा छलफल भएपनि निष्कर्षमा पुग्न नसकेका कारण विकासका उपयुक्त मोडेलका बारेमा पूर्वाधार विज्ञहरुसँग समितिले कार्यशाला गोष्ठी आयोजना गर्ने निर्णय गरेको पनि सभापति खड्काले बताउनुभयो ।