२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली काँग्रेसलाई जनतामा पुर्‍याउनमा नेपाल पुकारको उल्लेख्य भुमिका: सभापति देउवा



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसलाई जनतामा पुर्‍याउनमा नेपाल पुकारको उल्लेख्य महत्व रहेको बताउनुभएको छ ।

आईतवार नेपाली काँग्रेसको मुखपत्र नेपाल पुकारको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित कार्यक्रममा उहाँले नेपाली काँग्रेसलाई लोकप्रिय बनाउन विगतमा पनि नेपाल पुकारको भुमिका उल्लेख्य रहेको बताउनु भयो । उहाँलेनेपाल पुकारले काँग्रेसले गरेका काम कारबाहीहरु नागरिकमा लैजान महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेसलाई अभm बढी लोकप्रिय बनाउनुमा, नेपाली काँग्रेसलाई अझ बढी जनतामा पुर्‍याउनमा नेपाल पुकारको महत्व धेरै नै छ । सबैले नेपाली काँग्रेसको इतिहास थाहा पाउनका लागि नेपाल पुकारले महत्वपूर्ण भुमिका खेल्छ । मलाई विश्वास छ, नेपाली काँग्रेसका सबैले यो पत्रिका पढ्नेछन् । आफ्नो धारणा पनि बनाउनेछन् । नेपाली काँग्रेसले गरेका कामहरुलाई यसले जनतामाझ अझ बढी लोकप्रिय बनाउनेछ ।’

१३२ पृष्ठको रहेको उक्त विशेषाङ्क बीपी साहित्व महोत्सव विशेष रहेको छ । २००४ मा काँग्रेस स्थापना हुनुभन्दा पहिलेदेखि छापिँदै आएको ‘नेपाल पुकार’ विसं २०५४ देखि बन्द भएको थियो ।