११ मंसिर २०८१, मंगलवार
,
Latest
न्यायाधीश नियुक्तिबारे छलफल गर्न न्यायपरिषद्‌को बैठक जारी बिआरआईअन्तर्गत ऋण होइन, अनुदान लिने पक्षमा सरकार छः सञ्चारमन्त्री सामाजिक सुरक्षा कोषले श्रमिकका श्रीमान–श्रीमति र छोराछोरीको उपचार खर्च पनि व्यहोर्ने को हुन् अल्लाह गजानफर ? जसलाई मुम्बईले ४.८० करोड रुपैयाँमा किन्यो छरिएका स्वास्थ्य सहयोग कार्यक्रमलाई स्वास्थ्य बीमा बोर्डअन्तर्गत ल्याइ कार्यान्वयन गरौँः स्वास्थ्यमन्त्री करोडपति बनेपछि विवादमा वैभव सूर्यवंशी, उमेरमा उठ्यो प्रश्न सन् २०२३ मा ८५ हजार महिला तथा बालिकाको हत्या: राष्ट्रसङघ धान झाँट्दै बाबुराम- फोटो फिचर विद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द रवि लामिछानेलाई आज बेलुकी काठमाडौं ल्याइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्मचारी संचय कोषले कोहिनुर हाउजिङको घरजग्गा लिलामी गर्ने



अ+ अ-

काठमाडौं: कर्मचारी संचय कोषले सुधिर बस्नेतले अलपत्र छाडेको ललितपुरको इमाडोलस्थित कोहिनुरको घरजग्गा लिलामी गर्ने भएको छ ।

कोषले आज एक सूचना प्रकाशन गरी  कोहिनुर हिल हाउजिङका नाममा रहेको ललितपुर साविकको इमाडोल गाविस वडा नं ४ रहेको १०–९–२–० जग्गा तथा त्यहाँ निर्माणाधीन आवासीय भवन खरिदका लागि  सिलबन्दी आह्वान गरेको छ। कोहिनुर हिल हाउजिङ सञ्चय कोषका नाममा दृष्टिबन्धक छ।

कोषका अनुसार हाउजिङका लागि इन्भेष्टमेन्ट मेगा बैंकको पुल्चोकमा रहेको खातामा रू एक हजार जम्मा गरी सूचना जारी भएको १५ दिनभित्र बोलपत्र फाराम बुझाउन सकिनेछ।

लिलाम सकार्न इच्छुक व्यक्ति वा फर्मले २१ दिनभित्र कोषको कर्जा, लगानी तथा ट्रेजरी व्यवस्थापन विभाग, पुल्चोकमा आवेदन दिन सकिने कोषको सूचनामा जनाइएको छ ।

तर कोषले सूचनामा ऋणीले कोषलाई बुझाउनु पर्ने रकम लिलाम बिक्रीको सूचनामा उल्लेखित म्यादभित्र बुझाएमा लिलाम बिक्रीको प्रक्रिया अन्त्य गर्न सकिने र बोलपत्र बुझाउनेहरुको धरौटी फिर्ता गरिने पनि बताएको छ ।

हाउजिङ कम्पनी लिलाम बिक्रीका लागि कोषले यसअघि सूचना जारी गरे पनि बिक्री भने हुन सकेको थिएन।