• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   नेकपा एसको महाधिवेशन : विधिको नाममा विद्रोह, तर विधिकै हुर्मत ! ★   तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना ★   विद्यार्थी दुई, शिक्षक पनि दुई : प्रअ भन्दछन् ‘दिन बिताउन साह्रै गाह्रो भयो ’ ★   चलखेलमा प्रधानमन्त्री : एमाले अध्यक्ष ओलीको सत्तायात्रा टाढियो ! ★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल

सात गोल भएको खेलमा लिभरपुलको रोमाञ्चक जित



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले रोमाञ्चक जित निकालेको छ । गएराति भएको खेलमा लिभरपुलले फुलहमलाई ४–३ गोलले पराजित गरेको हो ।

खेलको २० औं मिनेटमा घरेलु मैदान एनफिल्डमा लिभरपुलले सुरुवाती अग्रता लिएको थियो । अलेक्जान्डर आर्नल्डले फ्रिकिकबाट गरेको प्रहार पोस्टमा लागेर फुलहमका गोल किपर ब्रेन्ड लेनोलाई लाग्दै गोल हुन पुगेको थियो ।

२४ औं मिनेटमा ह्यारी विल्सनले गोल गर्दै फुलहमलाई १–१ गोलको बराबरीमा ल्याए । ३८ औं मिनेटमा म्याक एलिस्टरले गोल गर्दै लिभरपुललाई २–१ गोलले अघि बढाए । यता पहिलो हाफको इन्जुरी समयमा केन्नी टेटेले गोल गर्दै फुलहमलाई २–२ गोलको बराबरीमा ल्याए ।

८० औं मिनेटमा बबी डी कोर्डोभा रेडले गोल गर्दै फुलहमलाई ३–२ को अग्रता दिलाएका थिए । तर, लिभरपुलले दुई मिनेटमा दुई गोल गर्दै नतिजा उल्ट्यायो । ८७ औं मिनेटमा वाटरु एन्डोले गोल गर्दै लिभरपुललाई ३–३ गोलको बराबरीमा ल्याए भने ८८ औं मिनेटमा अलेक्जान्डर आर्नल्डले गोल गर्दै टोलीलाई ४–३ को जितसहित महत्वपूर्ण अंक दिलाए ।

योसँगै लिभरपुल १४ खेलमा ३१ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । फुलहम १५ अंकका साथ १४ औं स्थानमा छ ।