२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायल–हमास द्वन्द्व: ध्वस्त घर खोज्न फर्किए गाजावासी



अ+ अ-

एजेन्सी । इजरायल र हमास बीचको अस्थायी युद्धविरामको क्रममा केही गाजाका बासिन्दाहरू आफ्नो घर फर्केका छन् । तर भग्नावशेष मात्र भेटिएका छन् ।

गाजा पट्टीको दक्षिणमा रहेको अल–जाहरा छिमेकमा मानिसहरूले भग्नावशेषमुनिबाट केही सामानहरू संकलन गर्ने प्रयास गरिरहेका छन् । युद्धअघि आफूहरु सुरक्षित रूपमा बसेको भएपनि युद्ध शुरु भएपछि भवनहरू ध्वस्त पारेको उनीहरुको भनाइ छ ।

इजरायलको बिरूद्ध हमासले अक्टोबर ७ मा गरेको आक्रमणको बदलामा गाजामा इजरायली हमलाहरूपछि दुई पक्षहरू गत हप्ता चार दिनको मानवीय युद्धविराममा पुगेका थिए । इजरायल–हमास द्वन्द्वमा प्यालेस्टिनीको मृत्यु हुनेको संख्या १५ हजार नाघेको प्यालेस्टिनले जनाएको छ ।

इजरायलले हमासको आक्रमणमा करिव १२ सय व्यक्तिको मृत्यु भएको र २ सय भन्दा बढी व्यक्तिलाई बन्धक बनाएको बताएको छ ।